News राजनीति

अधिवक्ता थापा भन्छन्– जनप्रतिनिधि हुन्छु भनेर मत लिने, अहिले आएर राजीनामा दिन्छु भन्न पाईन्छ ? 

अधिवक्ता थापा भन्छन्– जनप्रतिनिधि हुन्छु भनेर मत लिने, अहिले आएर राजीनामा दिन्छु भन्न पाईन्छ ? 

केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री वन्न नदिने भन्दै एमाले नेता माधवकुमार नेपाल पक्षका सांसदहरुलेसामुहिक राजिनामा दिन खुट्टा उचालीरहेका वेला कानुन ब्यवसायीहरुले भने त्यो कदम गलत हुने चेतावनी दिएका छन् ।

जनतावाट निर्वाचित भएर आएपछि सांसदहरुलाई त्यो अधिकार पनि नभएको भन्दै उनीहरुले कसैको राजनीति सिद्याउन आफै राजीनामा दिएर हिड्नु वुद्धिमानी नहुने वताएका छन् ।

नेपाल आजसँगको कुराकानीमा वरिष्ठ अधिवक्ता शम्भु थापाले आफनो पार्टीको नेतालाई प्रधानमन्त्री वन्न नदिन र अर्को पार्टीको नेतालाई प्रधानमन्त्री वनाउन आफु सांसद पदवाट राजीनमा  दिनु संसदिय राजनीति भित्र नपर्ने वताए ।

‘म राजीनमाको पक्षधर होईन, सवैभन्दा ठुलो संसद सदस्य। संसदले के इस्युमा रानीनामा दिने ?’ उनले भने –‘आफुले राजीनामा दिएर अरुलाई प्रधानमन्त्री वनाउने भन्ने त कुनै संसदिय नियम भित्रै पर्दैन ।’

संसदवाट राजीनामा दिएर माधव नेपाल पक्षधर सांसदहरुले आफनै राजनीति समाप्त पार्न नहुने उनको तर्क छ । ‘माधव नेपालजीले नै राजीनमा दिएर कहाँ चै राजनीति गर्ने त अव’ उनले थपे–‘राजनीतिको अन्तिम थलो भनेको संसद हो। फेरी वहाँहरुलाई राजीनामा दिने अधिकार पनि छैन।’

जनप्रतिनिधि हुन्छु भनेर जनताको मत लिएर निर्वाचित भईसकेपछि राजीनामा दिन्छु भन्न पनि नपाईने थापाले तर्क गरे । ‘जनप्रतिनिधि हुन्छ भनेर निर्वाचित भएर जानुभो। अव म मेरो क्षेत्रलाई जनप्रतिनिधिरहित वनाउँछु भनेर कहाँ पाउनु हुन्छ ?’ उनले अगाडि भने–‘हाम्रो कुरा संसदमा भन्ने मान्छे चै जितेर गयो, अव संसदलाई जनप्रतिनिधिरहित वनाउने वहाँहरुलाई के अधिकार छ।’

कारवाही परेर निस्कनु अथवा विभिन्न मुद्दाहरु पर्नु अलग कुरा हुने भन्दै उनले थपे–‘किन त राजीनामा भन्दाखेरी अर्को पार्टीको मान्छेलाई प्रधानमन्त्री वनाउन भन्दा कसरी मिल्छ त त्यो ?’

पचासौं वर्षदेखि हिडिरहेको मान्छेसँग चै यस्तो खटपट छ अनि अहिले प्रधानमन्त्री वन्ने लाईनमा भएको मान्छेसँग चै भयंकर मित्रता हुने पनि हुन्छ र भन्दै अधिवक्ता थापाले भने–‘वहाँहरु केपी ओली हट्दैनन् भन्नु हुन्छ। हट्दैनन् भने हट्दैनन्।’

नेपकपा एमालेको माधव पक्षका सांसदहरुले राजीनामा दिने लागेको र विषयमा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाल आजसँग गरेको कुराकानी सुन्न तलको लिंकमा क्लिक गर्नु होला।

विशेष