News Breaking News मुख्य समाचार देश राजनीति

विपक्षी गठबन्धनमा माधवलाई ७ र उपेन्द्रलाई ३ मन्त्रालय, बढारिए प्रदीप र इस्तियाक, यी वन्दैछन मन्त्री

विपक्षी गठबन्धनमा माधवलाई ७ र उपेन्द्रलाई ३ मन्त्रालय, बढारिए प्रदीप र इस्तियाक, यी वन्दैछन मन्त्री

 

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दिएको समयसीमा आज सकिँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा विपक्षी गठबन्धन सरकार बनाउने तयारी छ । 

देउवाको नेतृत्वमा बहुमत पुर्याउन एमालेको माधव नेपाल समूहलाई सामुहिक राजीनामा गर्न लगाउने र त्यसको बदलामा ७ वटा मन्त्रालय दिने समझदारी भएको छ ।
 
त्यसैगरी जसपाको उपेन्द्र यादव पक्षलाई ३ वटा मन्त्रालय दिने समझदारी भएको छ । महन्थ ठाकुर पक्षले साथ नदिँदा अफ्ठेरोमा परेको विपक्षी गठबन्धनका लागि गाँठो फुकाउने कदम माधव नेपालको राजीनामा हुनेछ । 

यसमा उपेन्द्र यादव र बाबुराम भट्टराई सक्रिय छन् । यसको फलमा उनीहरुले ३ वटा मन्त्रालय पाउने भएका हुन् । ३ वटा मन्त्रालयमा उपप्रधानमन्त्रीसहित एक मन्त्रालय यादवले आफै सम्हाल्ने छन् । त्यसैगरी एक मन्त्रालय रामसहाय यादवलाई दिनेछन् । अर्को डा. सुरेन्द्र यादवलाई दिने उपेन्द्रको तयारी छ । त्यसैगरी रेनुका गुरुङलाई राज्यमन्त्री बनाउने उपेन्द्रको योजना छ । 

विगतमा प्रदीप यादव र इस्तियाक राईहरुले पार्टी फुटाउन तयारी गरेकाले उनीहरुको हैसियत देखाउन उपेन्द्रले मन्त्रीमा आफ्ना र बाबुरामका भित्रियालाई नियुक्त गर्न लागेका हुन् । 
सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउन तीन दिनको समय दिएकी थिइन् ।

समयअनुसार विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष आज राती ९ बजेभित्र बहुमत पुर्याएर नयाँ सरकारका लागि राष्ट्रपतिसामू दाबी पेश गर्नुपर्नेछ । विपक्षी दलहरु बहुमत पुरयाउने कसरतमा छन् । 

बिहीबार राति ९ बजेसम्म वैकल्पिक गठबन्धन सरकारको दाबी नपुगे राष्ट्रपति भण्डारीले संसदको ठूलो दलको हैसियतले संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्ति गर्नेछिन् ।

विशेष