News

प्रधानमन्त्री ओली र नेता नेपाल विच ‘वान टु वान’ वार्ता, यस्तो थियो तयारी

प्रधानमन्त्री ओली र नेता नेपाल विच ‘वान टु वान’ वार्ता, यस्तो थियो तयारी

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ ।

जानकारी अनुसार ओली र नेपालबीचको वार्ता बूढानीलकण्ठस्थित एक सञ्चार उद्यमीको घरमा सुरु भएको हो। स्रोतका अनुसार माधव नेपाल पक्षले आज ४ बजेसम्मको अल्टिमेटम दिएकाले त्यसअघि नै उनीहरु वार्तामा बसेका हुन्।

नेपाल पक्षका सांसदले पदबाट राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री र नेपालबीचको भेटवार्ता भएको हो। आज बिहान प्रधानमन्त्री ओलीले नेता नेपाललाई फोन गरेर भेट गर्नका लागि प्रस्ताव गरेका थिए।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार प्रधानमन्त्री ओलीले र नेता नेपालबीच भेटवार्ता भइरहेको छ। 

विहान बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको थियो ।

यसैगरी, पार्टी नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फुकुवा गर्ने निर्णयसमेत गरेको छ। 
 

विशेष