News समाज

गोल्डेन शेयर लिएर अस्पताल चलाउने, पत्रकारिताको आडमा अरुलाई नङ्ग्याउने

गोल्डेन शेयर लिएर अस्पताल चलाउने, पत्रकारिताको आडमा अरुलाई नङ्ग्याउने

गत वुधवार सामाजिक सञ्चालमा एउटा भिडियो भाईरल भयो । सामान्य मानिस भए त्यसले खासै अर्थ राख्दैनथ्यो, तर कुरा नाम र काम सवै चलेका ब्यक्तिसँग सम्वन्धित भएकाले भिडियो क्षण भरमै अधिकांशको टाईमलाईनमा पुथ्यो ।

भिडियोका मुख्य पात्र हुन चर्चित तथा पछिल्लो समय पत्रकारीता छोडेर ब्यापार÷ब्यवसाय एवम् समानान्तर सरकार चलाउन खोजेको आरोप खेपिरहेका सञ्चारकर्मी रवी लामिछाने र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर । मन्त्री मानन्धर राजधानीको जनमैत्री अस्पतालको गेटमा गाडीबाट उत्रन्छन् । उनले अस्पतालमा के के गर्छन, त्यस विषयमा केहि खुलेका छैन। तर, मन्त्री अस्पतालवाट फर्कदै गरेको दृष्यमा भने सञ्चारकर्मी लामिछाने र मन्त्रीका विचमा नोकझोक भएको देखिन्छ। यहि विचमा लामिछानेले ‘जाबो एक सिलिन्डर अक्सिजन ल्याउन नसक्ने, झण्डा हल्लाएर हिड्ने, झण्डा खोल्नोस’ भन्दै आलोचना गरेको स्पष्ट वुझिन्छ। 

त्यसपछि रवी आफ्नो वाटो लाग्छन् र मन्त्री गाडि चढेर हिडेको दृष्य भिडियोमा प्रष्ट छ। अन्य कुनै पनि कुरा भिडियोमा खुलेको छैन। तर, यत्ति भिडियोले सामाजिक सञ्जालमा निकै हल्लाखल्ला मच्यायो । त्यसका विषयमा रवीले आफैं त सार्वजनिक टिप्पणी गरेका छैनन् तर, उनी कार्यरत ग्यालेक्सी फोरके टेलिभिजनमै कार्यरत दिपक वोहोराले सामाजिक सञ्जालमा घट्नाको स्पष्टिकर दिदै लामो स्ट्याटस लेखे। 

वोहोराले फेसवुकमा मन्त्री र रवीको संयुक्त फोटो राख्दै लेखेका छन्–‘यो फोटो शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर जनमैत्री अस्पतालको गेटमा गाडीबाट झर्दै गर्दाको हो, जतिबेला रवी लामिछाने मन्त्रीज्यूलाई दस औँला जोडेर स्वागत गर्दै थिए । कतिले हिजोको भिडियो हेरेपछि रविले त्यसरी ‘जाबो एक सिलिन्डर अक्सिजन ल्याउन नसक्ने, झण्डा हल्लाएर हिड्ने ?’ नभनेको भएपनि हुन्थ्यो भने । जानकारी होस् , मन्त्रीज्यूको घर जनमैत्री अस्पताल नजिकै छ । मन्त्रीज्यू आफ्ना चिनेजानेका विरामीलाई भर्ना गर्न अस्पताल प्रशासनलाई निरन्तर दबाब दिई रहनु भएको रहेछ । तर, अस्पतालका लागि अक्सिजन मिलाइदिने आग्रह चाहिँ नसुने झैं गर्ने ।’

अस्पतालमै आएका बेला रवीले मन्त्रीलाई अक्सिजन मिलाइदिन आग्रह गरेको र मन्त्रीले जति पनि मिलाइदिन्छु भन्दै नजिकैको अक्सिजन उद्योग पुर्याएको तर, एक सिलिन्डर पनि अक्सिजन मिलाउन नसकेपछि त्यो अवस्था आएको उनले प्रस्ट्याएका छन्। ‘आफन्तलाई उपचारको दबाब दिने तर एक सिलिन्डर अक्सिजन मिलाउन नसकेपछि रविले भन्दिए, ‘एक सिलिन्डर अक्सिजन मिलाउन नसक्ने, झण्डा हल्लाएर हिड्ने ?’– वोहोराले लेखेका छन् ।

यस विषयमा मन्त्रीका तर्फवाट कुनै पनि सार्वजनिक प्रतिक्रिया आएको छैन । तर, राष्ट्रिय युवा संघ नेपालका नाममा भने रबी लामिछानेको आलोचना गरिएको छ। युवा संघका नाममा सार्वजनिक भएको २० वुँदे टिप्पणीमा ‘रवी लामिछानेको तल्लो स्तरको लोकप्रीय हुने काम, दाम र कमाउने हर्कत’ भन्दै आलोचना गरिएको छ।

‘एउटा घरमा दिनको २ किलो चामल चाहिन्छ भने त्यो घरले बर्ष भरिको ७ सय ३० किलो चामल जोहो गर्छ । चाडवाड पाउनापासा हिसाव गर्दा हजार किलो बटुल्छ’ संघले भनेको छ–‘राज्यले पनि अस्पताल र अक्सिजन प्लान्ट र सिलिण्डर त्यही अनुसार ब्यवस्थापन गर्ने हो । याद होस बिगतमा हाम्रा अक्सिजन प्लान्ट ५० प्रतिशत मात्र खपत भएका थिए ।’

जब कोभिड महामारी सुरु भयो सरकारले हजारौं पीसीआर जाँच गर्ने ल्याब ३ सयभन्दा बढी अस्पताल र आइसियु, एचडियु र आसुलेसन वार्ड तिब्र बनायो । अक्सिजन प्लान्ट वीर अस्पताल, आर्मी अस्पताल, सैनिक अस्पताल लगाएतमा सुरु ग¥यो । भारत, चाइना, अरबियन कन्ट्री, अमेरिका लगाएतको देशबाट अक्सिजन सिलिण्डर स्वास्थ सामाग्री मगायो । सेना र प्रहरीको सुरक्षामा अक्सिजन उद्योग २४ सै घण्टा विद्युत ब्यवस्थापन गरी संचालन गरेको छ । सीसीएमसिको मिटिङ्गबाट संक्रमित जिल्ला बिरामीको चाप भएको अस्पताल र कंपनीको कनेक्ट गरेर अक्सिजन ब्यवस्थापन गरेको छ भन्दै संघले भनेको छ–‘स्थानीय तह नेताहरु र सर्वसाधारणले समेत अक्सिजन सिलिन्डर कलेक्सन गरेर गाडीलाई एम्बुलेन्स बनाएर सहयोग गरिरहेका छन् । नीजि अस्पतालहरुले अस्पताललाई कोभिड अस्पताल बनाएर उपचार गरिरहेका छन् ।’

डक्टर, नर्स र स्वास्थ्यकर्मी रात दिन नभनी खटीरहेको भारतले दिएको २० हजार, चीनले दिएको १८ हजार र नेपाल सरकारले खरिद गरेको कोरोना खोप दिने नेपाल दक्षिण एसियामा भारतपछि दोस्रो देश बनेको संघले जनाएको छ।

यसैगरी, प्रत्येक बिरामीलाइ नर्मल बेडमा भर्ना भएकालाइ १५ सय, आइसीयुमा रहेकालाई ३५ सय र भेण्टीलेटरमा हुनेलाई ७ हजार दिने निर्णय गरेको जनाउँदै संघले अगाडि भनेको छ–‘अहिले पनि परिस्थिति नियन्त्रणमा नै छ । हाम्रो सरदर मृत्यु दर ० दशमलव ०६ हो, जो भारत भन्दा कम र युरोप अमेरिका भन्दा त धेरै कम हो । यसलाई मौका ठानेर भ्रष्टाचार गर्ने, कालो बजारी गर्ने तत्वलाइ सरकारले कारवाही गर्दैछ । यो मौकामा नाम र दाम कमाउन पल्केका रबि लामिछानेहरुको अनेक नौटंकी बेलाबेलामा गर्ने गर्छन् । उसको त्यही हर्कत हो हिजो राज्य मन्त्री रामबीर मानन्धरको बेइजती गरेको घटना ।’

‘मन्त्री भएर उद्योग चलाउने होइन, व्यापार गर्ने होइन । उसले अक्सिजन सिलिण्डर बाटो बाटो बाँडदै हिडने होइन’ अगाडि भनिएको छ–‘नागरिकसँग पैसा कलेक्सन गर्ने एप्स बनाएर रकम उठाउने अधिकार रबीले कहाँबाट पायो ? तेस्को आर्थिक कारोबारको पारदर्शीता के हो ? अरुको जीवनशैलीको प्रश्न उठाउने उस्को जीवन शैली के हो ? बालाजुको औद्योगिक क्षेत्रको ६ रोपनी जग्गा कब्जा गरेर माओवादीहरुले चलाएको जनमैत्री अस्पताल मिडियाकर्मीको नाउँमा फ्री शेयर लिएका नैतिक हिन रबीलाछानेको त्यो अस्पताल चलाउने नाटक सबैले बुझ्न जरुरी छ । यस्ता हर्कत गर्ने जो सुकै होस राज्यले कारवाही गर्नु पर्दछ ।’

यति मात्रै होईन, पछिल्लो समय रवी लामिछानेले प्रयोग गर्ने भाषा र शैलीलाई लिएर पनि टिका टिप्पणी हुने गरेका छन् । लामिछानेले आफनो मर्यादा विपरित भाषा शेली प्रयोग गर्दै गालि गर्न थालेको जानकारहरु वताउँछन्। रवीले नेता/मन्त्रीहरुलाई पनि फेसवुकवाट तुच्छ शब्द प्रयोग गरेर आलोचना गर्ने गरेको जानकाहरु वताउँछन् ।

रवी लामिछाने पछिल्लो समय पत्रकारीता भन्दा ब्यापार/ब्यवसायमा लागेको आरोप लगाउनेहरु पनि वढ्न थालेका छ। रवी माथि पत्रकारीताको धम्कि दिदै फ्रिको ‘गोल्डेन शेयर’ लिएर अस्पताल सञ्चालनमा लागेको उनीहरुको आरोप छ। ‘रवीलाई अस्पताल चलाउने अुनमति कस्ले दियो, त्यो अस्पतालमा भोली कुनै दुर्घटना भयो भने त्यसको जवाफ कस्ले दिन्छ र जिम्मेवारी कस्ले लिने’ स्रोत भन्छ–‘यो सरासर गलत भईरहेको छ। नियमन गर्ने निकाय किन चुप लागेर वसेको हो, वुझन गाह्रो भएको छ।’ जानकारहरु भन्छन–‘पत्रकारले पत्रकारीता गर्ने हो। धन्दा गर्दै हिड्ने, जो भेट्यो उसैलाई धम्क्याउने यो कुन पत्रकारीता भित्र पर्छ ?’

कोरोनाको नाममा कमाउ धन्दा अक्सिजन पत्रकारीता छोडेर ब्यापार

विशेष