News

प्रधानमन्त्रिको अटेरी सपथ

सपथ खाए : प्रतिज्ञा गरेनन्

प्रधानमन्त्रिको अटेरी सपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रो कार्यकालको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । सपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेनन् ।

‘म मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्नुपर्नेमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द नै उच्चारण गरेनन् । राष्ट्रपति भण्डारीले दोहो¥याएर ‘प्रतिज्ञा गर्छु’ भनेर ओलीलाई ती शब्द उच्चारण गर्न संकेत गरेपछि ओलीले राष्ट्रपतिलाई नै सिकाउँदै भने, ‘त्यो पर्दैन ।’

प्रधानमन्त्रीको कुरो सुनेर राष्ट्रपति हल्का मुस्कुराइन् ।  प्रधानमन्त्री ओलीले शुक्रबार देश र जनताका नाममा सपथ लिएका हुन् । शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति थियो । 
 

प्रधानमन्त्रि अटेरी सपथ प्रतिज्ञा

विशेष