अन्तिम अवस्थामा पुगेर फिरेकी पूर्व रानी अस्पतालवाट डिस्चार्ज

कोरोना संक्रमणका कारण अन्तिम अवस्थामा पुगेर फिरेकी पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छिन्। २१ दिनको अस्पताल वसाईपछि शुक्रवार उनलाई अस्पतालले डिस्चार्ज गरेको हो ।
नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत उनी पूर्ण रुपमा स्वस्थ भएर शुक्रबार डिस्चार्ज भएकी हुन्।
स्वास्थ्य अवस्था बिग्रिएर सम्पुर्ण विकल्प प्रयोग गर्दा पनि सुधार नआएपछि प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।
कोमलसँगै उनकी छोरी तथा पूर्वअधिराजकुमारी प्रेरणा शाहसमेत डिस्चार्ज भएकी छिन् । उनको अवस्था सुरुवातदेखि नै सामान्य र स्थिर थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाह भने बैशाख २९ गते नै डिस्चार्ज भएका थिए। कोमलसँग डिस्चार्ज हुने उनको इच्छा भएपनि अस्पतालले उनलाई दुई दिन अघि नै डिस्चार्ज गरेको थियो ।
भारतको कुम्भ मेलाबाट फर्किएपछि उनीहरु संक्रमित भएका थिए।