News

सपथ ग्रहणपछि प्रधानमन्त्रीको पुरानै वाचा–भ्रष्टाचारीलाई छोडिन्न !

सपथ ग्रहणपछि प्रधानमन्त्रीको पुरानै वाचा–भ्रष्टाचारीलाई छोडिन्न !

नेपालको ४३औं प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी पुरानै वाचा दोहोर्याएका छन् । शुक्रवार गोदावरी सम्मेलन केन्द्र भर्चुअल उद्घाटन गर्ने क्रममा यसअघि पटक–पटक भन्ने गरेको तर, ब्यवहारमा नदेखाएको वाचा उनले फेरी दोहोर्याए।

उनले भ्रष्टाचार गर्नेलाई नछोड्ने भन्दै कोरोना नियन्त्रणमा सरकारले निरन्तर काम गरिरहेको वताए । कोरोना रोकथाम तथा उपचारका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा कसैले भ्रष्टाचार गर्छ भने सरकारले कसैलाई नछाड्ने ओलीले जिकिर गरे ।

कोरोना नियन्त्रणको लागि सरकारले निरन्तर काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले तर, ति प्रयासहरुलाई ओझेलमा पार्न खोजेको भन्दै चित्त दुखाए । 

‘अस्थिरता चाहने, मुलुकमा शान्ति देख्न नचाहने, संविधान र कानून बमोजिम देश चल्ने कुरालाई आफ्ना स्वार्थमा जिद्दी गर्ने तत्वहरुले देशमा अहिले पनि प्रतिगमन भएको देख्छ। कोही–कोही सरकारलाई नक्कली क्रान्तिकारी चश्माबाट सधैँ हेर्छन् र प्रतिगमन भएको भन्छन्’– उनले भने।

प्रधानमन्त्री ओलीले यसरी भ्रष्टाचार विरोधी भाषण गरेपनि सेक्युरिटी प्रेस खरिद प्रकरण, स्वास्थ्य सामग्री खरिद प्रकरण लगायतका भ्रष्टाचारका नाईकेहरुलाई संरक्षण गरेको र भ्रष्टाचारलाई वढावा दिएको भन्दै आरोप लाग्ने गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली कोरोना नियन्त्रण

विशेष