२४ घण्टाभित्र २०३ जनाको मृत्यु, ८५२० लाई संक्रमण

मुलुकभर २४ घण्टाभित्र कोरोना संक्रमणबाट २ सय ३ जनाको ज्यान गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ।
यसैगरी, थप ८ हजार पाँच सय २० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार चार सय ७८ जनाको स्वाब परीक्षण गर्दा आठ हजार पाँच सय २० जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये २० हजार नौ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार चार सय ६७ र पाँच सय ३० जनाको एन्टिजन परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको छ।
यस्तै, ६ हजार एक सय ३५ जना निको भएका छन्। योसँगै कोरोनाबाट निको हुनेको संख्या तीन लाख २७ हजार ६ सय ५३ पुगेको छ।