News

एमाले अध्यक्ष ओली र नेता नेपाल विच आज वार्ता

एमाले अध्यक्ष ओली र नेता नेपाल विच आज वार्ता

विहिवार सहमति मार्फत पार्टी सञ्चालन गर्ने समझदारी गरेर उठेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल विच आज (शुक्रवार) पनि वार्ता हुँदैछ।

नेता नेपाल पक्षका सांसदहरुले सामुहिक राजीनामा दिने तयारी गरेपछि ओली आफैले फोन गरेर वार्ताको वातावरण वनाएका थिए । सोहि प्रयास अन्तर्गत नेपाल पक्षका सांसदहरुको राजीनामा रोकिएको थियो भने ओलीले ४३ औं प्रधानमन्त्रीको सपथ लिन पाएका थिए ।

आज सोहि समझदारीको निरन्तरताका लागि वार्ता हुन लागेको एक नेताले वताए । ओली र वरिष्ठ नेता नेपाल पक्षबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरमा वार्ता सुरु हुने ति नेताले वताए ।

नेपाल पक्षका नेताहरु नेताहरु वार्ताका लागि पुगिसकेको र प्रधानमन्त्री एवम् अध्यक्ष ओली पक्ष पुग्नासाथ वार्ता सुरु हुने उनले जानकारी दिए । 
 

विशेष