News

२४ घण्टा नबित्दै ओलीले नेपाललाई दिए धोका !

२४ घण्टा नबित्दै ओलीले नेपाललाई दिए धोका !

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग सहझदारी गरेको २४ घण्टा नपुग्दै धोका दिएका छन् ।

ओलीले विहिवार भएको वार्ताका क्रममा माधब पक्षका ४ जनालाई सहमति गरेका थिए । तर, शुक्रवार मन्त्री परिषद गठन गर्दा एक जना पनि माधव पक्षका नेता मन्त्री मण्डलमा परेनन्। 


प्रधानमन्त्री ओलीले यसअघिकै मन्त्रीलाई निरन्तरता दिएर मन्त्री मण्डल गठन गरेपछि नेपाल पक्ष शसंकित भएको छ । ओलीसँग सहमति गरेपछि यसअघि अघोषित सहकार्य गरिरहेको नेकपा माओवादी केन्द्रले पनि गद्दार घोषणा गरिसकेको र यता ओलीले पनि धोका दिएपछि ‘घरको न घाटको’ अवस्था आउने होकी भन्ने आशंका उत्पन्न भएको एक नेताले वताए ।

ओलीले २४ घण्टा नपुग्दै धोका दिएको महसुस गरेका नेता नेपालले सोहि विषयमा केन्द्रित भएर अहिले ओलीसँग वार्ता गरिरहेको जनाईएको छ ।
ओली र वरिष्ठ नेता नेपाल पक्षबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता भईरहेको एक नेताले वताए ।
 

केपी शर्मा ओली माधवकुमार नेपाल मन्त्री परिषद सहझदारी

विशेष