News

अक्सिजन उद्योगको ६ महिनाको विद्युत महसुल छुट

अक्सिजन उद्योगको ६ महिनाको विद्युत महसुल छुट

सरकारले देशभरका सबै अक्सिजन उद्योगलाई डिमाण्ड शुल्क छुट दिने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सो निर्णय गरेको हो ।

मन्त्री स्तरीय निर्णय गर्दै वैशाखदेखि लागू हुने गरी असोज मसान्तसम्मको विद्युतको डिमाण्ड शुल्क मिनाहा गर्ने निर्णय गरिएको हो । मन्त्री टोपबहादुर रायमाझीले पदभार ग्रहण गर्दै अक्सिजन उद्योगको महसुल छुट सम्बन्धी मन्त्री स्तरीय निर्णय गरेको जनाइएको छ ।

उक्त निर्णय मन्त्रीपरिषद्ले पास गरेपछि कार्यान्वयनमा आउने छ ।  कोभिड –१९ को बढ्दो संक्रमणले अस्पताल भर्ना हुने बिरामी दिनानुदिन बढेपछि अक्सिजनको आपूर्ति सहज बनाउन सो निर्णय गरिएको मन्त्री रायमाझीले बताए ।

उनले उद्योग २४ सै घण्टा सञ्चालन गर्नुपर्ने भएकाले मन्त्रालयको निर्णयले उद्योग सञ्चालक र उद्योगमा कार्यरत मजदूरलाई राहत मिल्ने बताए । 

विशेष