News

काठमाण्डौका ११ अस्पताललाई ‘ब्याकअप’ अस्पताल वनाईने

काठमाण्डौका ११ अस्पताललाई ‘ब्याकअप’ अस्पताल वनाईने

सरकारले काठमाण्डौंका ११ अस्पताललाई ब्याकअप अस्पतालका रुपमा ब्यवस्था गर्ने निर्णय गरेको छ । गम्भीर प्रकृयतका कोरोना संक्रमितको उपचार गर्न यस्तो व्यवस्था गर्न लागिएको हो ।

काठमाडौंका आर्मी अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, शशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र नोबेल अस्पताललाई गम्भिर विरामीको उपचारका लागि तोकिएको छ।

यी अस्पतालहरुले कोरोनाका बिरामीको स्क्रिनिङ गर्ने तथा उपचार गर्ने गरि ब्यवस्था मिलाईएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा जुनसुकै समयमा यी अस्पतालमा बिरामी पुग्दा उनीहरुको उपचार हुने र बिरामी फर्किन वा अर्को अस्पतालमा जान नपर्ने गरी अस्पतालको ब्यवस्थापन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 

ब्याकअप अस्पताल

विशेष