News

केपी शर्मा ओली मुलुकको ४२ औं प्रधानमन्त्री नियुक्त

केपी शर्मा ओली मुलुकको ४२ औं प्रधानमन्त्री नियुक्त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन। विपक्षी दलहरूले गठबन्धन सरकारका लागि संख्या पु¥याउन नसकेपछि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा उनी प्रधानमन्त्री नियुक्त भएका हुन् ।

ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन । ओलीले शपथ भने शुक्रबार लिँदै छन । तीन दिनअघि प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नगरेपछि कामचलाउमा परिणत भएका ओली तेश्रो पटक प्रधानमन्त्री भएका हुन।

३८ महिनाअघि दुई तिहाइ बहुमतको प्रधानमन्त्री बनेका ओलीले अन्तिम समयमा संसदवाट विश्वासको मत गुमाएका थिए । गत सोमबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नगरेपछि राष्ट्रपति भण्डारीले बिहीबारसम्मको समय सीमा तोकेर दलहरूलाई गठबन्धन सरकार बनाउन आह्वान गरेकी थिइन । तर दलहरूले बहुमत जुटाउन नसकेपछि ओली नै मुलुकको ४२ औं प्रधानमन्त्री बनेका हुन्न। 

यसअघि उनी २०७४ फागुन ३ र २०७२ असोजमा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री भएका थिए ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अन्तर्गत दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्रधानमन्त्रीको दाबी गर्न दिएको समय सीमा बिहीबार राति ९ बजे सकिँदासम्म कसैको पनि दाबी नपरेपछि ओली नै प्रधानमन्त्री बन्ने ढोका खुलेको हो । प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेताको हैसियतमा संविधानको धारा ७६ (३) अनुसार पुनः प्रधानमन्त्री बनेका ओलीले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ ।


 

विशेष