विदेश News

कति गर्दै छ अमेरिकाले नेपाललाई कोरोना सहायता? 

कति गर्दै छ अमेरिकाले नेपाललाई कोरोना सहायता? 

अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सिनेटरहरूले नेपालमा मच्चिएको महामारीबारे छलफल गरेका थिए ।

सिनेटर क्रिश टर्फीले भारतबाट स्वास्थ्य सामग्री आपूर्ति हुन सक्ने अवस्था नरहेकाले नेपाललाई सहयोग आवश्यक रहेको भन्दै भारतजस्तै महामारीको खराब बिन्दुमा पुग्नबाट रोक्न नेपाललाई कस्तो मद्दत उपलब्ध गराउन सकिन्छ भनेर अमेरिकी सहायता निकायका अधिकारीलाई सोधेका थिए।

त्यसको जफ दिँदै अमेरिकी सहयोग नियोग यूएसएडको कोभिड–१९ कार्यदलका निर्देशक जेरेमी एम कोनडाइकले नेपालमा आफ्नो टोलीसँग नियमित सम्पर्कमा रहेको र अहिलेको सङ्कटका लागि नेपाललाई थप १० मिलियन अमेरिकी डलर ९१ अर्ब १८ करोड रुपियाँ० बराबरको सहायता उपलब्ध गराउन लागिएको बताए ।

कोरोनाभाइरस सङ्क्रमितको परीक्षण कम सङ्ख्यामा हुनु नेपालको समस्या भएको उल्लेख गर्दै उनले परीक्षणका लागि आवश्यक सामाग्रीहरू सहयोग स्वरूप उपलब्ध गराउने पनि जनाएका छन् । निर्देशक कोनडाइकले भारत जस्तै अहिले नेपाल उच्च प्राथमिकतामा रहेको बताएका थिए ।

अमेरिकी राजदूतावासकी प्रवक्ता एना रिची एलनले हालसम्म अमेरिकी सरकारले नेपाललाई कोभिड १९ महामारीसँग जुध्न ५ अर्ब ३० करोड भन्दा बढी ९४५ मिलियन अमेरिकी डलर० बराबरको सहयोग उपलब्ध गराइसकेको जनाउँदै नेपालले १०० वटा भेन्टिलेटर सहितका सामग्री प्राप्त गरेको जनाइन् ।

संयुक्त राज्य अमेरिका, ब्रिटेन, क्यानडा जस्ता देशका सरकारी निकायहरूलाई नेपाललाई सङ्कटको पछिल्लो घडीमा मद्दत गर्न ध्यानाकर्षण गराउँदै विभिन्न संघसंस्थाहरूले अनुरोध गरिरहेका छन् ।

अमेरिका नेपाल राहत कोभिड

विशेष