News राजनीति

विपक्षी गठवन्धनको वैठक देउवा निवासमा, यी नेता छन् सहभागि

विपक्षी गठवन्धनको वैठक देउवा निवासमा, यी नेता छन् सहभागि

जति नै प्रयास गर्दा पनि वहुमतको सरकार दिन नसकेका विपक्षी गठवन्धनका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भेला भएका छन् ।

देउवा निवास वुढा निलकण्ठमा माओवादी केन्द्रसहितको सहितको बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि बैठक जारी रहेको एक नेताले जानकारी दिए ।

बैठकमा कांग्रेस शीर्षस्थ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समेत रहेको जनाईएको छ।

बैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री डा. शशांक कोईराला, माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, पूर्वसभामुख ओन्सरी घर्ती मगरलगायत सहभागि छन् ।

विपक्षी गठबन्धन सरकार बनाउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (३) अनुसार पुनः नियुक्त भइसकेका छन् । 
 

वहुमतको सरकार काँग्रेस सभापति विपक्षी गठवन्धन शेरबहादुर देउवाको निवास

विशेष