News राजनीति

ओलीको क्याविनेट किन सानो, को को हुँदैछन मन्त्री ?

ओलीको क्याविनेट किन सानो, को को हुँदैछन मन्त्री ?

तेस्रो पटक प्रधानमन्त्री वनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (शुक्रवार) साढे दुई बजे शपथ लिँदै छन् ।

उनले आजै सानो क्याबिनेट बनाउने भएका छन् । श्रोतका अनुसार पार्टीभित्रको सबै समस्या समाधान नभई माधव नेपाल पक्षले कसैको नाम नदिने भएपछि आफु पक्षका नेताहरुलाई समावेश गरेर सानो क्याविनेट वनाउन लागेको जनाईएको छ ।

यसैगरी, अविश्वासको प्रस्तावमा तठस्थ वसरे र वहुमतको सरकार गठनको पहलमा चट्टान झै ओलीको साथ दिएको जसपाको महन्थ–महतो खेमाालाई पनि सरकारमा समावेश गराउनु पर्ने भएकाले सरकारको साईज अहिलेलाई सानो वनाउन खोजीएको प्रधानमन्त्री निकट स्रोतको भनाई छ ।

जसपाले उपसभामुखसहित १० मन्त्री मागेपछि उक्त समुहसँग थप छलफलपछि मात्रै सरकारमा समावेश गराउने ओलीको सोच छ। 

निकट स्रोतका अनुसार ओलीले उपप्रधानमन्त्री इश्वर पोख्रेललाई महासचिवको हैसियतमा पार्टी सम्हाल्न वा सरकारमा रहन रोजाएका छन् । अध्यक्ष र महासचिव दुबै सरकारमा हुँदा पार्टी लथालिङ्ग भएको ओलीको तर्क छ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री बिष्णु पौडेल र भौतिक योजना मन्त्री वसन्त नेम्वाङको दोहोरिने सम्भव छ।

पूर्व माओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, दावा लामा, गौरीशंकर चौधरी, बिमला बिकलगायतको हकमा कसरी निर्णय गर्ने भन्नेमा ओली टुङ्गोमा पुगेका छैनन् । सांसद नभई छ महिनाभन्दा धेरै मन्त्री बन्न संबैधानिक कठिनाइ भएकाले ओली सामान्य अलमलमा रहेको स्रोतको दावी छ ।

यसैविच वरिष्ठ नेता माधव नेपालले आफु पक्षिय नेताहरुको वैठक वोलाएका छन् । आजै दिउँसो २ बजे भर्चुअल माध्यमबाट वैठष्क गरिने जनाईएको छ।

बिहीबार अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको छलफल र सहमतिबारे नेता नेपालले केन्द्रिय सदस्यहरुलाई जानकारी दिन खोजेका छन् ।

पार्टीलाई ०७५ जेठ २ को स्थितिमा फर्काउने र अध्यक्ष केपी शर्मा ओली पक्षले फागुन २८ गते गरेको निर्णयबारे छलफल गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो ।

केपी शर्मा ओली वहुमतको सरकार पूर्व माओवादी २०७५ जेठ २

विशेष