देशको सम्पुर्ण ध्यान सत्ता राजनीतिवाट कोरोना नियन्त्रणमा केन्द्रित गरौंः नेता भट्टराई

पूर्व प्रधानमन्त्री एवम् जसपाका संघीय परिषद अध्यक्ष वावुराम भट्टराईले देशको सम्पुर्ण ध्यान सत्ता राजनीतिवाट कोरोना नियन्त्रण तथा अर्थ राजनीतिमा केन्द्रित गर्न सुझाव दिएका छन् ।
शुक्रवार सामाजिक सञ्जाल मार्फत भट्टराईले यस्तो सुझाव दिएका हुन् । ‘अब केही समय देशको सम्पूर्ण ध्यान सत्ता राजनीतिबाट कोभिड–१९ नियन्त्रणको अर्थ–राजनीतिमा केन्द्रित होऊ’ उनले लेखेका छन्–‘तत्काल विभिन्न तहका सरकार र निजी क्षेत्रको संयोजनमा पर्याप्त अक्सिजन उत्पादन÷वितरण, बेड÷उपकरण, जनशक्ति, खोप आदि व्यवस्थापन युद्धस्तरमा गरौं’
जनताको जीउज्यान रहे राजनीति हुँदै गर्ला भन्दै उनले अक्सिजन उत्पादन, वितरण, वेड र उपकरण, जनशक्ति र खोप ब्यवस्थामा युद्ध स्तरमा काम गर्नु पर्ने वताएका छन् ।