News Technology

अनलाईनमा सजिलै पैसा कमाउन सकिने प्रिमाइज एप अब नेपालमा पनि

अनलाईनमा सजिलै पैसा कमाउन सकिने प्रिमाइज एप अब नेपालमा पनि

सामान्य निर्देशन पुरा गरेर अन्लाईनबाट पैँसा कमाउन सकिने प्रिमाइज एपले नेपालमा पनि आफनो सेवा विस्तार गरेको छ ।

आफ्नो वरिपरि रहेका सार्वजनिक स्थान जस्तै विश्वविद्यालय, तरकारी बजार, अस्पताल, बैंक आदिको बारेमा सामान्य जानकारी गराएर प्रिमाइजबाट अन्लाइन पैसा कमाउन सकिन्छ । 

कसरी कमाउन सकिन्छ?

सर्भे, लोकेट र एक्स्पोर गरि प्रिमाइज एपमा तिन तरिकाले पैसा कमाउन सकिन्छ । सर्वप्रथम प्ले स्टोरबाट प्रिमाइज एप डाउनलोड गरेर आफ्नो युजर आइडि क्रियट गर्नुहोस् । युजर आइडि क्रियट गरिसकेपछि एप कसरी चलाउने भन्ने बारेमा जानकारी पाउनुहुनेछ । त्यसपछि प्रिमाइजको होम पेजमा तिनवटा टास्क जोन भेटाउनु हुनेछ । सर्भे, लोकेट र एक्स्पोर । सर्भेमा प्रिमाइजले तपाईलाई दैनिक रुपमा केहि टास्क दिनेछ । त्यसमा सजिला प्रश्नहरु हुन्छन् र उपयुक्त विकल्पमा टिक लगाएर सर्भे पुरा गर्नुपर्ने छ । एउटा सर्भे पुरा गर्न करिब २ मिनेट जति लाग्छ । र यसवाफत तपाई ले रु ४ कमाउन सक्नुहुने छ । दिनमा कम्तिमा ४ वटा सर्भेको लागि तपाईलाई अफर गरिन्छ । 

प्रिमाइजमा कमाउने दोस्रो तरिका लोकेट हो । एउटा टास्क पुरा गरिसकेपछि रु २४ देखि ३० सम्म कमाउन सकिन्छ । लोकेटमा तपाईको नजिकै रहेका सार्वजनिक स्थान जस्तै विश्वविद्यालय, तरकारी बजार, अस्पताल आदिको बारेमा सामान्य जानकारी गराएर प्रिमाइजबाट अन्लाइन पैसा कमाउन सकिन्छ । यो टास्क पुरा गर्न सम्बन्धित ठाउँमा गएर  एपको निर्देशन अनुसार केहि प्रश्न फोटो खिचेर अप्लोड गर्नु पर्दछ । 

प्रिमाइजमा कमाउने अन्तिम र महत्वपुर्ण तरिका एक्स्पोर हो । यो टास्क गरे वाफत रु १९ सय नब्बे कमाउन सकिन्छ । यो टास्कको लागि युजरले आफ्नो नजिकै रहेका ब्यंक तथा वेस्टर्न युनियनका शाखा कार्यालयमा गएर निर्देशन अनुसारको सर्भे गर्नुपर्ने हुन्छ । 

सामान्य अंगे्रजी ज्ञान भएका व्यक्तिले यसरी यो एपबाट सजिलै अन्लाइनमा पैँसा कमाउन सक्नेछन् । यो एप चलाउन धेरै डाटाको आवश्यकता पनि पर्दैन र यसमा कमाएको पैसा सजिलै मोवाइल टपअप गर्न र विटकोइन एक्सजेन्ज गर्न सकिन्छ । 

प्रिमाइज

विशेष