News

उपेन्द्र–वावुरामलाई महतोको काउण्टर– जसपाको कुनै वैठक वोलाईएको छैन

उपेन्द्र–वावुरामलाई महतोको काउण्टर– जसपाको कुनै वैठक वोलाईएको छैन

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले आज पार्टीको कार्यकारिणी समितिको बैठक नराखिएको वताएका छन् ।

अध्यक्ष ठाकुरले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् । ‘विभिन्न सञ्चारमाध्यम र सामाजिक संजालबाट जसपाको बैठक भनी प्रसारित भइरहेका समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ–‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ।’

पार्टी कार्यालय बालकुमारीमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई पक्षधर सदस्यहरुको बैठक बसिरहेको छ।

वैठकले अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहितका नेतालाई कारवाही गर्ने आशंका गरिएको छ।
यो पनि

महन्थ–राजेन्द्रलाई कारवाही गर्ने उपेन्द्र–वावुरामको तयारी

विशेष