News

अस्पताललाई आवश्यक तीन महिनाको स्वास्थ्य सामग्री मौज्दात

अस्पताललाई आवश्यक तीन महिनाको स्वास्थ्य सामग्री मौज्दात

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा प्रयोगशालाहरूलाई आवश्यक तीन महिनालाई पुग्ने स्वास्थ्य सामग्री मौज्दात रहेको जानकारी दिएका छन् ।

यसैगरी, नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको सह–प्रवक्ता समिर अधिकारीले जानकारी दिएका छन् ।

नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आएको छ । भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख, भारतसँगै खरिद गरिएको १० लाख, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार र नेपाली सेनालाई प्राप्त १ लाख गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको अधिकारीले वताए ।

यस्तै, चीनबाट ८ लाख डोज भेरोसेल खोप प्राप्त हुँदा जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको र त्यसमध्ये २५ लाख डोज खोप लगाइसकिएको छ। बाँकी रहेको खोप लगाउने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ । 

भारतसँग २० लाख डोज खोप खरिद गरेको भए पनि १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको छ। रुसले उत्पादन गरेको ‘स्पुतनिक–भी’ खोप लगायतका अन्य खोपहरू ल्याउने सम्बन्धमा समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । 
 

विशेष