News

उपेन्द्र–बाबुरामको निस्कर्ष – सहमति विना संसदीय दलको नेता चयन गर्न मिल्दैन

उपेन्द्र–बाबुरामको निस्कर्ष – सहमति विना संसदीय दलको नेता चयन गर्न मिल्दैन

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले सहमति बिना संसदीय दलको नेता चयन गर्न नमिल्ने निष्कर्ष सहित यस बिषयमा छिटै कार्यकारिणी बैठक बसेर छलफल गरिने निस्कर्ष निकालेको छ ।

पार्टी कार्यालय बबरमहलमा बसेको सो पक्षको बैठकले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको चयन गरेको बिषयमा औपचारिक जानकारी नभएको भन्दै सहमति बिना संसदीय दलको नेता चयन गर्न नमिल्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि जसपा संघीय परिषद् अध्यक्ष डा.भट्टराईले संसदीय दलको बिधानको प्रक्रिया पुरा नभएको र पारित पनि नभएको अवस्थामा दलको नेता चयन गर्न नमिल्ने बताए । 

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । संसदीय दलको नेता चयनमा २० जना सांसदको सहमति रहेको ठाकुर–महतो पक्षको दाबी छ । 
 

विशेष