News

'मन्त्रीले दिएँ' भनेको अक्सिजन नभेटिएपछि भएको थियो चर्काचर्की

जनमैत्रीमा आफन्त भर्नागर्न मन्त्रीले झुट बोले

'मन्त्रीले दिएँ' भनेको अक्सिजन नभेटिएपछि भएको थियो चर्काचर्की

गत वुधवार सामाजिक सञ्चालमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर सञ्चारकर्मी रबी लामीछानेबीच चर्काचर्की परेको भिडियो भाईरल भयो ।


भिडियोमा सञ्चारकर्मी रवी लामिछाने र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर विच केहिबेर विवाद भएको देखिन्छ । मन्त्री मानन्धर राजधानीको जनमैत्री अस्पतालको गेटमा गाडीबाट उत्रन्छन् । उनले अस्पतालमा के के गर्छन, त्यस विषयमा केहि खुलेका छैन । तर, मन्त्री अस्पतालवाट फर्कदै गरेको दृष्यमा भने सञ्चारकर्मी लामिछाने र मन्त्रीका विचमा नोकझोक भएको देखिन्छ। यहि विचमा लामिछानेले ‘जाबो एक सिलिन्डर अक्सिजन ल्याउन नसक्ने, झण्डा हल्लाएर हिड्ने, झण्डा खोल्नोस’ भन्दै आलोचना गरेको स्पष्ट वुझिन्छ । त्यसपछि रवी आफ्नो वाटो लाग्छन् र मन्त्री गाडि चढेर हिडेको दृष्य भिडियोमा प्रष्ट छ ।
नेपाल आजसँग फोनमा कुरागर्दै रबीले भन्छन्, “मन्त्री ज्यूसँग मेरो भन्नु नै केहि छैन । मैले राखेको भिडियो पनि हैन । उहाँलाई मैले तपाई त्यहिको मन्त्री विरामी मात्रै रेफर गर्ने अक्सिजन पनि उपलब्ध गराईदिनु पर्याे भनेर अगाडि नै रिक्वेस्ट गरेको थिए ।

उहाँले अक्सिजन दिएको छु भन्नु भयो । कहाँ दिनु भएको छ आएकै छैन एउटापनि भेनेपछि । त्यहाँ छ लहिड्नुस् भन्नु भयो । उहाँ र म बालाजु प्लान्टमा गयौँ । यहाँ छ भनेर लेखामा देखाउन लाए । त्यहाँ भएको कापिमा कहिँपनि एउटा थिएन । कापीमा जिरो देखियो ।” त्यसपछि मैले उहाँलाई भने देख्नु भयो कहाँ दिएको छ? यहि बाटो छेउबाट टनाटन अक्सिजन जान्छ यहिबाटो छेउको अस्पतालले नपाउने हुन्छ? तपाई मन्त्री भएको के काम लाग्यो त । एउटा सिलिण्डर पनि दिनसक्नु हुन्न भनेपछि उहाँले तिम्ले भन्या जस्तो हुन्छ भनेपछि । मैले के गर्या छ भनेर मेरो छेउको साथिले उहाँले एक सय तिन सिलिण्डरको व्यवस्था गरेको छ भन्नुभयो ।” 
लामीछानेका अनुसार मन्त्री मानन्धरले जनमैत्री अस्पतालमा आफन्तलाई उपचारको दबाब दिने गरेको तर एक सिलिन्डर अक्सिजन उपलब्ध गराएको देखिदैन । मन्त्री मानन्धरले कोभिड संक्रमित आफन्तलाई जनमैत्रिमा भर्ना गर्न अक्सिजन दिएको छु भन्दै झुटबोलेको स्रोतको दाबी छ ।

  
यसै विषयमा लामीछानेसँगै ग्यालेक्सि टेलिभिजन फोर केमा कार्यरत दिपक वोहोराले फेसवुकमा मन्त्री र रवीको संयुक्त फोटो राख्दै स्टाटसमा लेखेका थिए, ‘यो फोटो शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर जनमैत्री अस्पतालको गेटमा गाडीबाट झर्दै गर्दाको हो, जतिबेला रवी लामिछाने मन्त्रीज्यूलाई दस औँला जोडेर स्वागत गर्दै थिए । कतिले हिजोको भिडियो हेरेपछि रविले त्यसरी ‘जाबो एक सिलिन्डर अक्सिजन ल्याउन नसक्ने, झण्डा हल्लाएर हिड्ने ?’ नभनेको भएपनि हुन्थ्यो भने । जानकारी होस् , मन्त्रीज्यूको घर जनमैत्री अस्पताल नजिकै छ । मन्त्रीज्यू आफ्ना चिनेजानेका विरामीलाई भर्ना गर्न अस्पताल प्रशासनलाई निरन्तर दबाब दिई रहनु भएको रहेछ । तर, अस्पतालका लागि अक्सिजन मिलाइदिने आग्रह चाहिँ नसुने झैं गर्ने ।’


अस्पतालमै आएका बेला रवीले मन्त्रीलाई अक्सिजन मिलाइदिन आग्रह गरेको र मन्त्रीले जति पनि मिलाइदिन्छु भन्दै नजिकैको अक्सिजन उद्योग पुर्याएको तर, एक सिलिन्डर पनि अक्सिजन मिलाउन नसकेपछि त्यो अवस्था आएको उनले प्रस्ट्याएका छन् । ‘आफन्तलाई उपचारको दबाब दिने तर एक सिलिन्डर अक्सिजन मिलाउन नसकेपछि रविले भन्दिए, ‘एक सिलिन्डर अक्सिजन मिलाउन नसक्ने, झण्डा हल्लाएर हिड्ने ?’– वोहोराले लेखेका छन् ।
यस विषयमा मन्त्रीका तर्फवाट कुनै पनि सार्वजनिक प्रतिक्रिया आएको छैन ।

तर, राष्ट्रिय युवा संघ नेपालका नाममा भने रबी लामिछानेको आलोचना गरिएको छ। युवा संघका नाममा सार्वजनिक भएको २० वुँदे टिप्पणीमा ‘रवी लामिछानेको तल्लो स्तरको लोकप्रीय हुने काम, दाम र कमाउने हर्कत’ भन्दै आलोचना गरिएको छ ।

रामवीर मानन्धर जनमैत्री

विशेष