News राजनीति

कार्यदल नबन्दै एमाले विवाद, माधव नेपाललाई नगन्ने ओलीको उद्घोष

कार्यदल नबन्दै एमाले विवाद, माधव नेपाललाई नगन्ने ओलीको उद्घोष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद हल गर्न कार्यदल बनाउने सहमति भएको थियो । तर, कार्यदल नबन्दै एमालेभित्र विवाद सुरु भएकोछ ।

विहिवार भएको वार्ताका क्रममा ओली र नेपालले विवाद समाधानका लागि कार्यदल बनाउन सहमति गरे। तर सोही मागबारे छलफल गर्न तत्कालिन एमालेले नचिनेका रामवहादुर थापा ‘बादल’ माधब नेपालको सामुन्ने आए। 

फागुन २८ गते अघिको एमालेमा ‘बादल’ थिएनन । तर, शुक्रवारको छलफलमा समेत वादल देखिएपछि ओलीको शैली नसुध्रीएको नेपालको निष्कर्ष छ । 

नेपालसँगको छलफलपछि बालुवाटारमा ओलीले एउटा किस्सा सुनाए ‘चौटा खान आएकी बुढी झोलमा डुबेर मरी।’ किस्सा सुनाएर ओलीले ‘माधब बिना पनि सरकार चल्छ, माधबका अघि आफु नगल्ने’ सुनाई दिए। यी दुई घट्नाले नेता नेपाल चिढिएका छन् ।

नेता नेपालसँग समझदारी गरेर नहिड्ने हो भने ओलीका लागि एक महिना लगत्तै अर्को खड्गो आईलाग्ने छ। संसदमा ठुलो दलको हैसियतले प्रधानमन्त्रीमा नियुक्ति पाएका ओलीले एक महिनापछि पुनः संसदमा विश्वासको मत लिनेछन् । 

नेता नेपाललाई चिढ्याएर हिड्ने हो भने ओलीले फेरी पनि विश्वासको मत पाउने सम्भावना कम रहेको जानकारहरु वताउँछन्।

विशेष