डोलेश्वर रिसोर्टमा कति खाए जसपाका सांसदले (विलसहित)
गत विहिवार जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदहरुलाई राखिएको रिसोर्टमा पार्टीले कुल ९० हजार ६१ रुपैयाँ खर्च गरेको पाईएको छ ।
स्वकीय सचिव मार्फत अध्यक्ष महन्थ ठाकुरले रिसोर्टमा खर्च गरेको विल नेपाल आजलाई प्राप्त भएको छ। विल अनुसार हल भाडा ११ हजार, चिया, कफी, जुस लगायतमा २४ हजार र लन्चको ४४ हजार ७ सय गरी ७९ हजार ७ सय रुपैयाँ खर्च भएको छ। ट्याक्स र भ्याटसहित पार्टीले होटलमा कुल ९० हजार ६१ रुपैयाँ खर्च गरेको छ ।
खर्चको विच जनता समाजवादी पार्टीकै नाममा काटिएको छ। यस अघि जसपाका सांसदहरुलाई रिसोर्टमा राखिएको खर्चको सम्पुर्ण जिम्मा नेकपा एमालेका नेता तथा सांसद महेश वस्नेले लिएको हल्ला चलाईएको थियो ।
अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसदहरुलाई भक्तपुर सूर्यविनायक नगरपालिका– ८ को सिपाडोलमा रहेको डोलेश्वर भिलेज रिसोर्टमा राखिएको थियो । वहुमतिय सरकार गठनको प्रयास अन्तर्गत विपक्षी गठवन्धनको प्रभाववाट सुरक्षित राख्न यसरी सांसदहरुलाई एकै स्थानमा जम्मा गरिएको हो ।
ठाकुर पक्षीय १७ मध्ये १३ सांसदहरु रिसोर्टमा वसेका थिए ।