विजयकुमार गच्छदारकी पत्निको कोरोनाले मृत्यु

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी पत्नि निर्मला गच्छदारको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
राजधानी स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । काँग्रेस केन्द्रीय कार्यालयका अनुसार निर्मलाको आज बिहान मृत्यु भएको हो ।
उनी लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित थिईन। उनलाई पटक पटक दिल्लीमा लगेर पनि उपचार गराईएको थियो ।