News

डोलेश्वर भिलेज रिसोर्ट खोल्न कसले दियो अनुमती ? यसो भन्छन् सहायक सिडिओ

डोलेश्वर भिलेज रिसोर्ट खोल्न कसले दियो अनुमती ? यसो भन्छन् सहायक सिडिओ

कोरोना भाईरसको दोस्रो लहर सुरु भएपछि मुलुकको अवस्था दयनिय छ। संक्रमितले अस्पताल खचाखच भरिएका छन्। कतिपय संक्रमितले उपाचार नपाएर अकालमा ज्यान गुमाउनु परेको छ भने ‘अक्सिजन छैन, विरामी भर्ना लिन सक्दैनौं’ भन्दै नाम चलेका अस्पतालहरुले हात उठाईसकेका छन् ।

संक्रमण दर र मृत्यु यति तिव्र रुपमा वढेको छ की, संख्या मात्रै सुन्दा पनि जिउ नै सिरिङ्ग हुने अवस्था छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार वैशाख महिनमा मात्रै १ हजार ६०८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाई सकेका छन भने डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।

कोरोनाको संक्रमण दर र मृत्यु दर तिव्र रुपमा वढेपछि काठमाण्डौं उपत्यका लगायत देशका अधिकांश जिल्लामा निशेधाज्ञा जारी गरिएको छ। स्वास्थ्य संस्थासहित अत्यावस्यक कार्यालय र थोरै मात्रामा सरकारी कार्यालय वाहेक अन्य सम्पुर्ण क्षेत्र वन्द छ।

उद्योग ब्यवसाय, होटल, पर्यटन सम्पुर्ण क्षेत्र तहसनहस भएको छ। तर, अहिले पनि राजनीतिक दलका नेता, स्थानीय प्रशासन र केहि ब्यवसायीको चेत अझै खुलेको छैन । यि तिनै पक्षले कोरोना भाईरस फैलाउन मद्दत गरिरहेका छन् ।

यो कुनै आरोप मात्र होईन। हरेक नागरिकको आखाँ अगाडि भईरहेको तथ्य हो यो । कोरोना भाईरसको संक्रमण दर धेरै भएका स्थान मध्ये काठमाण्डौं उपत्यका पनि एक हो। हरेक दिन फेला पर्ने संक्रमित मध्ये उपत्यका भित्र संक्रमित हुनेको संख्या धेरै छ। मृत्यु हुनेमा पनि उपत्यका नै आगाडि रहेको स्वास्थ्य मन्त्रालयले जारी गर्ने तथ्यांकले देखाउँछ ।

तर, यहि क्षेत्रमा राजनीतिक दल, प्रशासन र ब्यवसायीको खेलाँची धेरै छ। प्रशासनले निशेधाज्ञा जारी गर्दै होटल, रेष्टुरेन्ट, रिसोर्ट, सभा, सम्मेलन सवै वन्द गर्ने ओदेश गरेको छ। जव की विवाहका लागि पनि १० जना भन्दा वढि भेला हुनै नपाउने गरी निशेधाज्ञा जारी भएको छ। तर, यो आदेशको वास्तै नगरी गत विहिवार भक्तपुर सूर्यविनायक नगरपालिका– ८ को सिपाडोलमा रहेको डोलेश्वर भिलेज रिसोर्ट दिनभरी सञ्चालन भयो । 

विभिन्न अनलाईनहरुले रिसोर्ट सञ्चालन भएको समाचार सार्वजनिक गरिरहे । सामाजिक सञ्जालमा पनि यसले निकै चर्चा पायो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा जसपाभित्र दुई धार देखिएपछि महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरुलाई रिसोर्टमा लगेर दिनभरी राखियो। त्यसमा नेकपा एमाले नेता महेश वस्नेतसहितका कार्यकर्ता समेत सहभागि भए ।

तर, स्थानीय प्रशासनले यस विषयमा न त त्यस दिन चासो लियो । नत त्यसपछिका दिनमा पनि त्यस विषयमा कुनै कारवाही गरेको छ। उल्टो आफुलाई त्यस विषयमा जानकारी नै नभएको भन्दै प्रशासकहरु पन्छिने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले फोन नउठाएपछि नेपाल आजले सहायक सिडिओ तथा सूचना अधिकारी मुकेश कुमार केशरीसँग सम्पर्क गरेको थियो । उनले जिल्लामा निशेधाज्ञा जारी भएपछि होटल, रेष्टुरेन्ट, रिसोर्ट, सभा सम्मेलन सवै वन्द रहेको वताए । तर, डोलेश्वर भिलेज रिसोर्ट सञ्चालन भएको विषयमा भने आफुलाई जानकारी नभएको भन्दै वुझेर मात्र भन्न सक्ने वताए । ‘त्यो कुरा समाचारमा मैले पनि हेरेको हो। तर के भएको हो, वुझेर खवर गर्छु ।’

डोलेश्वर भिलेज रिसोर्ट कोरोना भाईरस राजनीतिक दल निशेधाज्ञा

विशेष