News

कोरोनावाट ज्यान गुमाउनेको संख्या ५ हजार नाघ्यो

कोरोनावाट ज्यान गुमाउनेको संख्या ५ हजार नाघ्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार नाघेको छ । आईतवार थप १ सय ४५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५ हजार १ पुगेको छ ।

पछिल्लो पटक ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १९ हजार ५ सय ३९ जनाको पीसीआर परीक्षणका क्रममा ७ हजार ३ सय १६ र ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

देशभर १ लाख १० हजार सक्रिय संक्रमित रहेका छन् । 

हाल, देशभरका अस्पतालमा १ हजार ३ सय १३ जनाको आइसीयू र ३ सय ६१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 
 

विशेष