News

प्रधानमन्त्रीले राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादामा आँच पुर्याएको उपेन्द्रको आरोप

प्रधानमन्त्रीले राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादामा आँच पुर्याएको उपेन्द्रको आरोप

जनता समावादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भिर आँच पुर्याएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले वैशाख ३१ गते सपथ लिने क्रममा ओलीले संविधानको पनि उलंघन गरेको उनको आरोप छ। यादवले त्यो शपथ बदर गरी पुनः शपथ ग्रहण गराउन माग गरेका छन्।

राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूवर्क ‘त्यो पर्दैन’ भनेर शपथ ग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको यादवको ठहर छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्दा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द उच्चारण नगरी ‘त्यो पर्दैन’ भनेकोमा यादवले आपत्ति जनाएका छन् । संविधानको धारा ७६ को उपधारा (३) बमोजिम ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि सपथ ग्रहण गराईएको थियो ।

उनले राजदूतहरु नियुक्त गर्दा संविधानमै भएको ‘समावेशी सिद्धान्त’को पालना नभएको र कोरोना भाइरसले जनता आक्रान्त भएको अवस्थामा सरकारले जिम्मेवारीपूर्वक आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन नगरेकोमा पनि आक्रोश ब्यक्त गरे ।

विशेष