News

५ हजार नेपालीले ज्यान गुमाएपछि प्रधानमन्त्रीको विज्ञता नष्ट

५ हजार नेपालीले ज्यान गुमाएपछि प्रधानमन्त्रीको विज्ञता नष्ट

प्रधानमन्त्री केपी शर्मा ओली सामान्यतया आफुलाई अरुको तुलनामा अलि वढिने जान्ने वुझ्ने सम्झन्छन्। उनको वोली र ब्यवहारले कुनै पनि विषयमा उनी वाहेक अर्को जानकार होला भन्ने भान हुँदैन।

विज्ञता प्रश्तुत गर्ने क्रममा उनले गत वर्षको संसद्को एक बैठकमा नेपालीलाई कोरोनाले केहि नविगार्ने भन्दै अभिब्यक्ति दिए । आफै ‘कोरोना विज्ञ’ झै गरेर ‘नेपालीको इम्युनिटी पावर वढि हुन्छ’ भन्दै दिएको अभिब्यक्तिका कारण उनको आलोचना पनि भयो। सांसद गगन थापाले प्रतिनिधि सभामै उभिएर ‘नेपालीको इम्युनिटी पावर वढि हुन्छ’ भनेर कस्ले भन्यो भन्दै ओलीलाई प्रश्न पनि गरे ।

तर, ओली आफनो अभिब्यक्तिवाट टसमस भएनन्, वरु त्यसको वचाउ गर्दै संसदमै जवाफ फर्काए। ‘मैले भनेको, सुन्नु भएन एक छिन अगाडि मैले नै भनेको’ भन्दै सांसद थापालाई चोथाले जवाफ फर्काए । हिमाल र पहाडमा वस्ने नेपालीहरु हावापानीका कारण वलिया हुन्छन् र हिमाल र पहाडवाट वग्ने हावा, जडिवुटिको प्रयोग लगायतका कारण सम्पुर्ण नेपालीको इम्युनिटी पावर वढि हुने भन्दै उनले आधारहिन तर्क दिए । ‘कुनै विशेषज्ञले प्रमाणित गरेछ भने म स्विकारौला, तर नेपालीको इम्युनिटी पावर वढि हुन्छ’ भन्दै उनले आफैलाई विज्ञ भन्दा माथि उभ्याए।

यति मात्रै होईन, हर्दिपानी खाने, तातोपानीले गालगोल गर्ने, खाक्कखुक्क गर्ने, अम्मकको पात खाने गर्दा कोरोना नलाग्ने भन्दै प्रधानमन्त्रीले भ्रम फैलाए। तर, आईतवार देखि भने उनी यो अभिब्यक्तिवाट पछि हटेका छन् । कोरोनाले कसैलाई छोड्दैन र ‘वहादुर’ भन्दैमा नेपालीहरु विशेष पावर लिएर जन्मदैनन भन्ने वुझ्न प्रधानमन्त्रीलाई ५ हजार १ जनाले ज्यान गुमाएर प्रमाणित गर्नु पर्यो।

प्रधानमन्त्री ओलीले समयमै यति कुरा वुझिदिएको भए सायद साधन÷श्रोतको ब्यवस्था हुन्थ्यो र अनाहकमा ५ हजार नागरिकले अनाहकमा ज्यान गुमाउनु पर्दैनथ्यो । प्रधानमन्त्री ओलीले शनिवार भने ‘नेपालीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले कोभिड–१९ को संक्रमण यो तहमा बढ्ला भन्ने आफूले नसोचेको’ बताए।

बालुवाटारमा निजी क्षेत्र र सरोकारवालसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो वताएका हुन् । उनले भने– ‘यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइन । मैले के ठानेको थियो भनेदेखि हाम्रो इम्युन सिस्टम धेरै स्ट्रोङ छ त्यसकारण अलिअलि सर्ला तर यस तहमा वृद्धि हुन सक्दैन भन्ने लागेको थियो।’ 


उनले नाकमा, थ्रोटबाट स्रकमण हुने भए त्यहीबाट खत्तम पार्नुपर्ने र त्यसको उपाय खोज्नुपर्ने बताए । अक्सिजन लगाउनुपर्ने, भेन्टिलेटर लगाउनुपर्ने अवस्थामा संक्रमित नपुगोस भन्नेमा ध्यान दिनुपर्ने उनको भनाइ छ । साथै ओलीले आयुर्वेदिक उपचार पद्धतिमा पनि ध्यान दिनुपर्ने भन्दै उपायहरुको खोजी गर्न सुझाव प्रश्तुत गरे ।

आईतवारसम्म आईपुग्दा भने उनले नागरिकको ज्यान जान नदिने सवै उपाय गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

झन्झटिला प्रक्रिया र आथिक अभावले कुनै पनि नागरिकको ज्यान जान नहुने उनको भनाई थियो । ‘हाम्रा प्रक्रियाहरुमा अल्झिएर र आर्थिक अभावले कसैको पनि ज्यान जानु हुँदैन’ प्रधानमन्त्रीको भनाईलाई परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले यसरी वताए–‘झन्झटिला प्रक्रिया छन् भने त्यसलाई छोट्याएर, हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि तत्काल नागरिकको जीवनरक्षाका लागि के–के गर्नुपर्छ गर्नुस्।’

प्रधानमन्त्रीले आवश्यक कानुन र क्विक रेसपोन्स टिम बनाउन पनि सुझाव दिएको ज्ञावलीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली संसद् बैठक गगन थापा विज्ञता

विशेष