News

कोरोना संक्रमितद्वारा अस्पतालको शौचालमै आत्महत्या

कोरोना संक्रमितद्वारा अस्पतालको शौचालमै आत्महत्या

रुपन्देहीमा एकजना कोरोना संक्रमितले अस्पतालको शौचालमै आत्महत्या गरेका छन्।

सैनामैना नगरपालिकाको रानीवगियाका ४० वर्षिय युवकले आत्महत्या गरेका हुन ।

सैनामैना–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा उपचाररत पुरुषले शनिबार शौचालयमा आत्महत्या गरेको जनाईएको छ ।

वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका ति पुरुष सोहि दिन अस्पताल भर्ना भएका थिए। अस्पताल श्रोतका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो।

शनिबार बिहान ४ बजे शौचालय गएका उनी मृत अवस्थामा फेला परेको अस्पतालले जनाएको छ ।
 

विशेष