News राजनीति

ओलीको यस्तो तुरुप देखेर ओली क्याम्प नै अचम्मित !

ओलीको यस्तो तुरुप देखेर ओली क्याम्प नै अचम्मित !

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू निकटसँग माधव नेपाल समुहसँग कुनै सम्झौता नहुने वताउन थालेका छन् ।

उनले स्पष्ट अडानका साथ यथास्थितिमै माधब नेपाललाई फर्कन आग्रह गर्ने अन्यथा बेवास्था गर्ने रणनीति अपनाएका छन् । जसपामा महन्थ ठाकुर पक्षको संसदीय दलमा बहुमत पुगेसंगै ओलीले नेपालसँग सम्झौता नगर्ने निधो गरेको उनी निकट एक नेताको भनाई छ।

आफू निकटका केही नेतासँग बालुवाटारमा ओलीले यस विषमा छलफल गरेका थिए । छलफलमा सहभागी पूर्वमाओबादी पृष्ठभूमीका एमाले नेताका अनुसार अब ओलीले एमालेका लागि माधव नेपाल अपरिहार्य नरहेको स्पष्ट गरेका छन । एकाएक माधव पक्षसँग सहमती गर्न तम्सिएका ओलीको पछिल्लो तुरुपले ओली क्याम्पलाई नै अचम्मित पारेको छ।

माधब नेपाल समुह आफुसँग नरहँदा पनि बिपक्षी गठवन्धनमा वहुमत नपुग्ने भएपछि आफूहरुको हात माथि परेको उनको विश्वास छ। ओलीले नेपाल समुहका केहीलाई तान्ने र उनलाई थप दबाब दिने सोच वनाएको नेताहरु वताउँछन् ।

यति गर्दा पनि नेपालको अडान कायमै रहे अन्तिम स्पष्टीकरण सोध्ने र कार्बाही गर्ने, चुनावको घोषणा गर्ने, नेपाल विरुद्ध प्रभु साहलाई उठाउने र सर्वोच्च अदालतको फैशलापछि आफूले गरेका सांगठनिक हेरफेरलाई कायम नै राखेर अगाडि वढ्ने स्पष्ट धारणा ओलीले केहि नेतालाई वताएका छन् ।

यसैगरी, नेपाल समुहका केहीलाई जिम्मेवारी दिने तर भीम रावललाई कुनै पनि सर्तमा प्रदेश इंचार्ज बनाउन नसकिने, नेपालले विमती जनाए झलनाथ र बामदेब अनुकुल निर्णय गरेर पनि उनलाई एक्ल्याउन सक्ने उनको निस्कर्ष छ। 

यति गरिसक्दा माओबादीसँग पनि टाढिने र यता पनि कमजोर हुने स्थितिमा माधव नेपालसँग सम्झौता गर्नुको विकल्पन नै नरहने ओलीको आँकलन छ। आफ्ना लागि माधव नेपाल आए ‘आँप गए झटारो’ भने झै हुने ओलीको निष्कर्ष छ।

प्रधानमन्त्री केपी शर्मा ओली माधव नेपाल संसदीय दलमा बहुमत

विशेष