News प्रदेश ७

‘झ्यालबाट राती कुकुर आउँछ भनेर कोहि बस्दैनन्’

‘झ्यालबाट राती कुकुर आउँछ भनेर कोहि बस्दैनन्’

सुनिल धामी


केहि दिन यता सामाजिक सञ्जालमा बझागंको एउटा तस्बिर भाइरल भैइरहेको छ । जिल्लाको केदारस्युँ गाउँपालिका १ मा बनाइएको कोभिड आईसोलेसन सेन्टर असुरक्षित, अव्यवस्थित र न्युन गुणस्तरिय भएको भन्दै चौतर्फी आलोचना भैइरहेकोछ । 


पुर्व सचिव भिम उपाध्याय लगाएत धेरैले  लाखौमा बनेको गुणस्तरहिन कोभिड अस्पताल भन्दै आलोचनात्मक पोस्ट गरेकाछन् ।  


जस्ताको पर्खाल लगाएर निलो रंगको जस्ताको छानो राखिएको टहराको बनोट र लागतमा भने आकाश–धर्तीको फरक पाइएको छ । हावा हुरिले नउडाओस् भनेर टहराको छानो अड्याउन बोरामा माटो भरेर राखिएकोछ । झ्यालहरु अस्तव्यस्त देखिन्छन् । निकै कन्जुस्याई गरेर निर्माण गरिएको उक्त टहराको लागत भने १३ लाख रहेको खुलेको छ । 


गाउँपालिकाले उक्त टहरा निर्माण गर्न पटक–पटक गरि १३ लाख भुक्तानी गरिसकेको भेटिएकोछ । नेपाल आजसँग कुरा गर्दै गाउँपालिकाका निमित्त प्रशासकिय प्रमुख धनराज जोशीले उक्त टहरा र सँगै बनेको ट्वालेटको लागत १३ लाख रहेको खुलाए । 


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड संक्रमण तिव्र बन्दै गएपछि स्थानिय तहले पनि संक्रमितको उपचारको लागि आइसोलेसन निमार्ण थालेका थिए । संक्रमितलाई कोभिड भैइसकेपछि सुरक्षित वातावरण र उपचार आवश्यक पर्छ । विरामलाई थप स्वास्थ जटिलता नहोस् र समुदायमा कोरोना नफैलियोस् भनेर आईसोलेसन सेन्टर निर्माण गरिन्छ । संक्रमितलाई  निमोनिया हुनबाट जोगाउनु पर्ने स्वास्थकर्मीको भनाई छ । कोभिड भएको व्यक्तिलाई निमोनिया भए ज्यानै जाने खतरा हुन्छ ।  

तर, केदारस्युँ गाउँपालिकाले निर्माण गरेको आइसोलेसन अस्पतालमा भने झ्याल समेत सुरक्षित नभएको एकजना स्थानिय बताउँछन् । कोरोना पोजेटिभ देखिएका संक्रमित आईसोलेसन सेन्टमा असुरक्षित महसुस गरेर घर नजिकै गएर बस्छन् । अहिले आइसोलेसन सेन्टरमा ५ वटा बेड भएपनि एक जना संक्रमित बसेको छैन । 


आफन्तलाई कोभिड संक्रमण भएपछि जिल्ला अस्पतालमा उपचार गराई रहेका एकजना विरामीका आफन्त भन्छन्, ‘मेरो आफन्तलाई कोभिड देखिएपछि हामी एकदिन गाउँपालिकाको आईसोलेसन सेन्टरमा बस्यौ ।  भित्र दुईटा जति बेड राखिएकाछन् । बेडपनि कुहिएका छन् । झ्यालपनि नअडिने । राती कुकुर, स्याल सजिलै भित्र छिर्ने झ्याल छन् । बस्नै सकेनौ त्यसैले चैनपुर आउनु पर्यो ।’ स्थानिय तहमा सुरक्षित आईसोलेसन सेन्टर नभएको हुनाले विरामीले निकै सास्ति पाईरहेको ति स्थानियको भनाई छ । ‘अस्ति गाउँकै दुई जना बुढा बुढी विरामी भएका थिए । उनिहरु एकदिन त्यहि आईसोलेसन सेन्टरमा बसे । पछि सुरक्षित महसुस नभएको भन्दै हिडेरै जिल्ला अस्पताल गए । उनि भन्छन् ।’


गाउँपालिकाले बनाएको उक्त आईसोलेसनमै एक जना पुरुषको मृत्य समेत भएको छ । कोभिड संक्रमण भएपछि आईसोलेसनमा बसेका ति पुरुष तिनदिनपछि मृत्यू भएको रायल प्राथमिक स्वास्थ चौकीका प्रमुख डम्बर धामीले बताए । 


‘गाउँपालिका क्षेत्र भित्र ४५ जना सक्रिय संक्रमित हुँदापनि गाउँपालिकाले नै बनाएको कोभिड अस्पतालमा एकजना पनि संक्रमित बस्ने गरेकाछैनन् । कोरोना पोजेटिभ देखिएपनि संक्रमित घर नजिकै गएर बस्छन् अहिले आइसोलेसन सेन्टरमा ५ वटा बेड भएपनि कोहि बसेकाछैनन् ।’ स्वास्थ चौकीका प्रमुख डम्बर धामी भन्छन् ।


संक्रमितको दर दिनप्रतिदिन बढिरहेको छ । तर, गाउँपालिकाले १३ लाख खर्च गरेर बनाईएको कोभिड अस्पताल प्रयोग विहिन जस्तै देखिएको छ । गाउँपालिकाले लाखौँ खर्च गरेर बनाईएका कोभिड अस्पताल प्रयोगमा नआउनुमा जनप्रतिनिधी तथा कर्मचारीको चरम लापरबाहि रहेको सरोकारवालाको भनाई छ । कमसल निर्माण सामाग्री गरेर टालटुले तरिकाले छाप्रो निर्माण गरेर जनप्रतिनिधि र कर्मचारीले चरम आर्थिक हिनामिना गरेको सरोकारवालको दाबी छ । 


‘टहराको बनावट हेर्दा एकदेखि दुईलाख सम्मको पनि छैन । तर गाउँपालिकाले करिब १५ लाख खर्च गरेर राज्यको ढुकुटी रित्तो पारेको छ ।’ एकजना स्थानिय नेताले बताए ।

बझागं केदारस्युँ कोभिड अस्पताल

विशेष