News

कोरोना संक्रमणका कारण डा. आचार्यको मृत्यु

कोरोना संक्रमणका कारण डा. आचार्यको मृत्यु

पेट सम्वन्धि रोगका विज्ञ डाक्टर आइएल आचार्यको निधन भएको छ। 

डा. आचार्यको आज (आईतवार) बिहान ३ बजे स्टार हस्पिटल, सानेपामा निधन भएको हो ।

आचार्यलाई कोरोना संक्रमण भएको थियो । अक्सिजन लेभल घट्दै गएपछि उनको निधन भएको जनाईएको छ । ८६ बर्षको उमेरमा पनि उनी आफ्नो पेशा र बिरामीको हेरचाहमा दत्तचित्त थिए ।

आचार्यका छोरा सतिशलाल आचार्य टेलिकम ब्यवसायमा सम्लग्न छन् । उनको ब्यवासाय नेपाल मात्र नभएर विदेशमा पनि सफल रहेको जनाईएको छ ।

विशेष