News

'प्रमज्यू कृपया अब त अहंकारको धरहराबाट ओर्लनुस'

'प्रमज्यू कृपया अब त अहंकारको धरहराबाट ओर्लनुस'

नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारीमा स्वास्थ्य मन्त्रालयले ‘हामी सक्दैनौ भनेर हात उठाउने अनि प्रधानमन्त्रीको प्राथमिक्तामा अझै पनि महामारी नपर्ने’ लाई आपत्ति जनक भएको वताएका छन् ।

उनले शनिवार ट्वीट गर्दै भएको श्रोत साधनको उपयोग गरेर क्षती न्यूनिकरण गर्न सकिने र त्यसका लागि आवश्यक निर्णय लिन आवश्यक भएको पनि वताएका छन् ।

‘कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन। सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नैपर्छ। तर प्रधानमन्त्री केपी शर्मा ओली ज्यू यो लडाइमा ‘हामी सक्दैनौँ’ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने! आपत्तिजनक छ’ उनले लेखेका छन्–‘कठिन छ, तर अझै हामीसँग उपलब्ध स्रोत, साधन, जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ। त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ।’

उनले आफुहरु सरकारलाई साथ दिन तयार रहेको वताउँदै भनेका छन्–‘कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस।’
 

विशेष