News

पर्सामा २४ घण्टाभित्रै १३ जना कोरोना संक्रमितको मृत्यु

पर्सामा २४ घण्टाभित्रै १३ जना कोरोना संक्रमितको मृत्यु

पर्सामा २४ घण्टाभित्र १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शनिवार बिहानदेखि आइतवार बिहानसम्मको रिपोर्ट अनुसार वीरगञ्जका विभिन्न अस्पतालमा १३ जना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये पर्साका ४, बाराका ७, रौतहटका १ र भारतीय नागरिक १ जना छन् ।

नारायणी अस्पतालमा मात्रै ८ जनाको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए।

यसैगरी, वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटल र नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पतालमा एक÷एक जनाको मृत्यु भएको छ । 

विशेष