News प्रदेश ७

बझागंका युवाको निःशुल्क खाना अभियानमा दाताहरुको सहयोग (नामावली सहित)

बझागंका युवाको निःशुल्क खाना अभियानमा दाताहरुको सहयोग (नामावली सहित)

जिल्ला अस्पताल बझाङ्गमा उपचार गराइ रहेका कोरोना संक्रमित विरामीले सहजै खाना पाउने अवस्था नभएपछि केहि युवाहरुको नेतृत्वमा निःशुल्क खाना अभियान सञ्चालन गरिरहेकाछन् । 


विरामीलाई उधारोमा खाना खुवाईरहेको जिल्ला स्वास्थ कार्यालयका प्रमुख भानु जोशीले बताए । 
शुक्रबार देखि सञ्चालन भएको निःशुल्क अभियानलाई साथदिन देश विदेशबाट दाताहरु थपिनेक्रम जारी रहेको अभियान्त मध्येका एक जिवन सिहंले जानकारी दिए । जिल्ला अस्पताल बझागंमा उपचाररत कोरोना संक्रमित चालिस जनालाई दैनिक रुपमा खाना खुवाईरहेको सिहंको भनाईछ ।

 
प्रयाप्त बजेट अभावका कारण उधारो मै खाना खुवाईरहेको जिल्ला अस्पताल बझागंले पनि निःशुल्क खाना अभियान सञ्चालन भएपछि केहि राहत महसुस गरेको अस्पतालका कोरोना फोकल प्रसन मिलन खड्काले जानकारी गराए । उनि भन्छन्, ‘अघिल्लो वर्षको कोरोना प्रकोपमा प्रदेस स्वास्थ्य निर्देशनालयले संक्रमितलाई खानाको व्यवस्था गराउनु भनेको भएपनि बजेट पठाएन । पोहोर खुवाएको खानाको पैसा पनि तिर्न बाकि नै छ । यसपालि पनि निकै समस्या भैइरहेको थियो । निःशुल्क खाना अभियान सञ्चालन भएपछि केहि राहत भएको छ ।’

जनप्रतिनिधि वेखवर
जिल्लामा कोरोना महामारीले उग्ररुप लिएको भएपनि जनप्रतिनिधि भने बेखबर रहेको जिल्ला अस्पतालका कोरोना फोकल पर्सन खड्काले बताए । उनि भन्छन्, ‘प्रतिनिधि सभा सदस्य आशा कुमारी विकले पठाएको ७ सिलिण्डर अक्सिजन र केहि औषधि बाहेक कसैले सहयोग गरेको छैन ।’


कोभिड महामारीले जिल्लामा १० जना संक्रमितले ज्यान गुमाई सकेकाछन् । यद्यपी जनप्रतिनिधि तथा विभिन्न पार्टीका नेताहरु भने सित निद्रामा सुतेको जनताको गुनासो छ ।  
निशुल्क खाना अभियानलाई सहयोग गर्नेहरुको नामावलीः
१) दिपेस मोवाईल ग्यालरी चैनपुरका संचालक दिपेश बिसि, रू ३००० बराबरको खाद्यान्न । 
२) जिल्ला अदालत बझागंमा कायरत डिठ्ठा लक्ष्मी राज जोशीले, आफ्नो आधा महिनाको तलब रु १३५००
३) नेकपा माओवादी माओवादी जिल्ला कमिटी सदस्य तया व्यावसायी क .नरेन्द्र खड्काले रु ५००० बराबरको ग्याँस सिलिण्डर
४) निर्माण व्यवशायी शेर बहादुर बोहराले रु २०००० 

अस्पताल अभियान निःशुल्क खाना

विशेष