News

कार्यदल गठन गर्न ओलीलाई दवाव, सिंहदरवारमा ओली-नेपाल ‘वान टु वान वार्ता ’

कार्यदल गठन गर्न ओलीलाई दवाव, सिंहदरवारमा ओली-नेपाल ‘वान टु वान वार्ता ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालवीच ‘वान टु वान’ वार्ता सुरु भएको छ । 

पार्टीभित्रको विवाद मिलाउने प्रयासस्वरुप सिंहदरबारमा उनीहरुको वार्ता चलिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । ओली र वरिष्ठ नेता नेपालबीच यसअघि वार्ताबाट विवाद समाधान गर्न गठन गरिने भनिएको कार्यदलका सदस्यहरुको टुंगो लगान छलफल भईरहेको बताइएको छ । 

गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै कार्यदलमा रहने सदस्य टुंग्याउन छलफलमा बसेका हुन् ।


गत शुक्रबार सिंहदरबारमा भएको छलफलले जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने र त्यसका लागि दुई नेतालाई कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा दिएको थियो ।

ओलीका तर्फबाट कार्यदलमा वस्न विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोख्रेलबाहेक अन्यको टुंगो लागेको छैन । तर, माधव नेपाल समूहबाट भने भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहने टुंगो लागेको छ ।

विशेष