News

४ हजार वढिको मृत्युपछि प्रमको निर्देशन– नागरिकको ज्यान वचाउन आवश्यक सवै काम गर्नु 

४ हजार वढिको मृत्युपछि प्रमको निर्देशन– नागरिकको ज्यान वचाउन आवश्यक सवै काम गर्नु 

४ हजार भन्दा वढि नागरिकको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको ज्यान जान नदिने सवै उपाय गर्न निर्देशन दिएका छन् ।

आज सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

झन्झटिला प्रक्रिया र आथिक अभावले कुनै पनि नागरिकको ज्यान जान नहुने उनले बताए।
‘हाम्रा प्रक्रियाहरुमा अल्झिएर र आर्थिक अभावले कसैको पनि ज्यान जानु हुँदैन’ प्रधानमन्त्रीको भनाईलाई परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीले यसरी वताए–‘झन्झटिला प्रक्रिया छन् भने त्यसलाई छोट्याएर, हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि तत्काल नागरिकको जीवनरक्षाका लागि के–के गर्नुपर्छ गर्नुस्।’

प्रधानमन्त्रीले आवश्यक कानुन र क्विक रेसपोन्स टिम बनाउन पनि सुझाव दिएको ज्ञावलीले जानकारी दिए । 
 

विशेष