News

सहकारी वैंकका सिईओ कार्यालयको गाडि दुरुपयोग गर्दै डेटिङ्गमा !

सहकारी वैंकका सिईओ कार्यालयको गाडि दुरुपयोग गर्दै डेटिङ्गमा !

कार्यालयका काम छिटो, छरितो र सहज रुपमा सम्पन्न गर्नका लागि कर्मचारीलाई सवारी साधनको सुविधा दिईएको हुन्छ। नियमानुसार ब्यक्तिगत काममा कार्यालयका सवारीको प्रयोग गर्न पाईदैन।

तर, नियममा जुनसुकै कुरा लेखिएको भएपनि कर्मचारीहरुले कार्यालयका सवारी साधनलाई ब्यक्तिगत सरह उपयोग गर्न भने छोडेका छैनन्। भोत, भतेर, विवाह मात्र होईन । अव त साँझ पर्न नपाई कार्यालयका सवारी साधन मदिरा पसल अगाडि लाग्ने गरेका छन् । सरोकारवाला निकायले यस्तो कार्यलाई गैरकानुनी भन्ने गरेपनि नियन्त्रणको प्रयास भने हुन सकेको छैन ।

सामान्य कर्मचारी मात्र होईन, राष्ट्रिय सहकारी वैंक लिमिटेडका सिइओ (प्रमुख कार्यकारी अधिकृत) बद्रि कुमार गुरागाईंले समेतले कार्यालयको सवारी दुरुपयोग गरे भन्दा अचम्म मान्नु परेन। गुरागाईले केहि दिन अघि मात्रै दोस्रो विवाह गरे । पहिलो श्रीमतीसँग सन्वन्ध विच्छेद भएपछि उनले धुमधामसँग दोस्रो विवाह गरे ।

विवाहमा वेहुली लिन पनि उनले वैंकले उपलब्ध गराएको गाडि प्रयोग गरे । राष्ट्रिय सहकारी वैंक लिमिटेडका सिइओ (प्रमुख कार्यकारी अधिकृत) जस्तो उच्च ओहदामा वसेको ब्यक्ति समेतले यसरी कार्यालयको सवारी दुरुपयोग गरेपछि सामान्य कर्मचारीको आलोचना गर्नु ब्यर्थ हुने जानकारहरु वताउँछन् ।

गुरागाईले वैंकले सुविधाका लागि दिएको करिव ५८ लाख ५५ हजार मुल्य पर्ने टाटा–एच फाईव कार कार प्रयोग गर्दै आएका छन् ।

यो पनि

अनियमितताको पर्दाफास हुने डरले राजीनामा दिनुअघि सट्याक सुटुक विवाह गरे सहकारी वैंकका सिइओले

बद्रि कुमार गुरागाईं राष्ट्रिय सहकारी वैंक लिमिटेड गाडि दुरुपयोग

विशेष