News

ओली–नेपाल वार्ता सकियो, नेम्वाङ र रावलको संयोजकत्वमा वार्ता समिति गठन

ओली–नेपाल वार्ता सकियो, नेम्वाङ र रावलको संयोजकत्वमा वार्ता समिति गठन

नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको ‘वान टु वान’ वार्ता सकिएको छ। 

सिंहदरबारमा भएको वार्ताले पार्टी एकताको विषयमा तीन दिनभित्र प्रतिवेदन तयार गर्ने गरी ओली पक्षवाट सुवास नेम्वाङ र नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।

दुवै वार्ता टोलीलाई एकताको योजनासहितको प्रतिवेदन तयार पार्न तीन दिनको समय दिइएको छ। शुक्रबार सिंहदरबारमा ओली र नेपाल पक्षका नेताहरुले पार्टी विवाद समाधानका लागि कार्यदल बनाउने जिम्मा शीर्ष नेतालाई दिएका थिए । सोहि समझादरी अनुसार आज वार्ता समिति गठन भएको हो । 

नेपाल पक्ष पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने वताउँदै आएको छ । ओलीले पनि त्यहि आसपासमा सहमति गरेर अघि वढ्ने समझदारी गरेका छन् ।
 

विशेष