News

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट कोरोना भाईरसवाट संक्रमित

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट कोरोना भाईरसवाट संक्रमित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना भाईरसवाट संक्रमित भएका छन् । 

मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले संक्रमण भएको पुष्टि गरेका हुन । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको कुँवरले बताए ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते उनको पीसीआर गरिएको थियो । उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा भट्ट होम आइसोलेसनमै वसेको जनाईएको छ । 
 

विशेष