News स्वास्थ्य

अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कोरोनाका कारण मृत्यु

अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कोरोनाका कारण मृत्यु

झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमणका कारण निधन भएको छ ।

बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको नगरपालिकाले जनाएको छ ।

खाम्याहाङ्गलाई वैशाख १० एन्टिजेन परीक्षण गर्दा पोजेटिभ आएको थियो । त्यसपछि गरिएको पीसीआरमा पनि कोरोना पोजेटिभ देखिएपछि सोहि दिनदेखि उनको उपचार थालिएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई वैशाख १७ गते वीएण्डसी अस्पताल भर्ना गरिएको थियो । संक्रमणपछि केही दिन आफ्नै क्वाटरमा बसेका खाम्याहाङ्गलाई २ दिन नगरपालिकाको आइसोलेसनमा राखिएको थियो । 
 

विशेष