News

२४ घण्टामा २१४ जनाको मृत्यु, ९१९८ संक्रमित

२४ घण्टामा २१४ जनाको मृत्यु, ९१९८ संक्रमित

गत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ।

यसैगरी, सोहि अवधिमा देशभर ९ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न जिल्लामा गरिएको २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । 

यस्तै २४ घण्टामा ५ हजार ७६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ । 
 

विशेष