News

वुवा वैतर्णीमा वाछिको पुच्छर समाउँदै, छोरो दुलही लिएर हनिमुन मनाउँदै !

वुवा वैतर्णीमा वाछिको पुच्छर समाउँदै, छोरो दुलही लिएर हनिमुन मनाउँदै !

हिन्दु धर्म अनुसार मानिसको मृत्यु हुनै लागेपछि वैतर्णी गर्ने चलन छ। वैतर्णी गर्दा मृत्यु वरण गर्नेका लागि ‘स्वर्गको ढोका खुल्ला होस’ भन्ने कामना गरिन्छ। यसको अर्थ के हो भने, जव मानिस वाँच्दैन भन्ने लाग्छ, तव वैतर्णी गर्ने परम्परा छ । 

वैतर्णीपछि आफन्तको मायाँ र स्नेहले घर वाहिर रहेका आफन्त पनि जम्मा हुन्छन् । विरामीको विशेष रेखदेख/हेरचाह गरिन्छ। सामान्य अवस्थामा भन्नु पर्दा त्यसपछिको अवस्था भनेको आफन्त गुमाउनु पर्ने पीडाले सवै जना शोकमा हुन्छन् । यो कसैले चाहेर/नचाहेर वा हुने/नहुने भन्ने हुँदैन। परिस्थिती र अवस्थाले मानिशलाई शोकाकुल वनाउँछ ।

तर, हाम्रै समाजमा यस्ता मान्छे पनि छन्, जसलाई यस्ता कुराले पनि कुनै प्रभाव पार्दैन। मानवता सामान्य ख्याल समेत नगरी आत्मकेन्द्रित र स्वास्र्थमा रमाउँछन् । ब्यक्तिगत मोजमस्ति र स्वार्थका अगाडि आमावुवा गौण वन्छन् ।

यस्तै प्रवृत्तिका एक ब्यक्ति हुन– राष्ट्रिय सहकारी वैंक लिमिटेडका सिइओ (प्रमुख कार्यकारी अधिकृत) बद्रि कुमार गुरागाईं। पुर्व घर भएका गुरागाईका पिता दलवहादुरको हालसालै निधन भएको छ। वैतर्णी गरिसकेका वुवाको निधन हुने निश्चित भएपछि वद्रिले काठमाण्डौंमा धुमधामसँग विवाह गरे । यो उनको दोस्रो विवाह हो ।

पहिलो श्रीमतिसँग सम्वन्ध राम्रो नभएपछि उनले सम्वन्ध विच्छेद गरेका थिए । सम्वन्ध विच्छेद गर्दा पनि उनले पहिलो श्रीमतिसँग धोका गरेर २० लाख रुपैयाँ असुल गरेको चर्चा छ। सम्वन्ध विच्छेद हुने भएपछि अदालतलाई छल्न आफनो जागिर समेतवाट राजिनामा दिएका उनले ३० लाख रुपैयाँ ऋण देखाए । २५ वर्षिय श्रीमति, नावालिका छोरी र आफनो नाममा वरावर ऋण भाग लगाएर वद्रिले श्रीमतिवाट २० लाख रुपैयाँ असुल गरेको उनको परिवारीक श्रोतको दावी छ।

श्रीमतीसँग सम्वन्ध विच्छेद हुनासाथ वद्रिले पुनः राष्ट्रिय सहकारी वैंकमा पुनर्नियुक्ति लिए ।

यतिमात्र होईन, वुवा दलवहादुर मृत्यु पर्खेर ओछ्यानमा छटपटाई रहेका वेला वद्रि भने वैंकले कार्यालयको काम र सुविधाका लागि दिएको करिव ५८ लाख ५५ हजार मुल्य पर्ने टाटा–एच फाईव कारमा नयाँ श्रीमती लिएर हनिमुनमा निस्किए। 

संयोगवस हनिमुनका लागि पुर्वतिरै गएका वेला वुवा दलवहादुरको मृत्यु भयो । अहिले उनी हनिमुन प्याकेज स्थगित गरेर काजक्रियाका लागि कोरोमा पसेको गाउँलेहरु वताउँछन् । अलिकति पनि मानवता नभएको र ब्यवहारीक्ता समेत नवुझेको यस्तो मान्छे कसरी यत्रो वैंकको सिइओ भए भनेर आफुहरु आश्चर्यमा परेको उनीहरुको भनाई छ। 

देशभरीका सहकारीको रकम सञ्चालन गर्ने वैंकका सिइओको ब्यवहारदखि आफुहरु आश्चर्यचकित भएको उनको वोरमा जानकारहरु वताउँछन् ।  

यो पनि

सहकारी वैंकका सिईओ कार्यालयको गाडि दुरुपयोग गर्दै डेटिङ्गमा !

अनियमितताको पर्दाफास हुने डरले राजीनामा दिनुअघि सट्याक सुटुक विवाह गरे सहकारी वैंकका सिइओले

बद्रि कुमार गुरागाईं राष्ट्रिय सहकारी वैंक लिमिटेड सम्वन्ध विच्छेद टाटा–एच फाईव

विशेष