News

चीनवाट अक्सिजन सिलिण्डर वोकेर आएका कन्टेर नाकामा

चीनवाट अक्सिजन सिलिण्डर वोकेर आएका कन्टेर नाकामा

चीनबाट आयात गरिएको २ हजार ५ सय थान अक्सिजन सिलिण्डर सिन्धुपाल्चोकको तातोपानी नाका आईपुगेको छ । ब्यापारीले आयात गरेको सिलिण्डर वोकेको कन्टेनर चीनको स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेको हो ।

तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयले दिएको जानकारी अनुसार व्यापारिक प्रयोजनका लागि ल्याईएका सिलिण्डर वोकेको कन्टेनर नेपाल आएको छ ।

आयात गरिएका सामग्रीको रेकर्ड राखेर काठमाण्डौ पठाउने तयारी भइरहेको कर्मचारीहरुले जानकारी दिए । व्यावसायिक प्रयोजनका लागि आयात गरिएका ५ हजार सिलिण्डर अझै आईपुग्न वाँकी छ ।

सिल्क ट्रान्सपोर्टले अक्सिजन सिलिण्डर भित्रीने क्रम सुरु भएको र जारी रहने जनाएको छ । 
 

विशेष