News

८–१० दिनभित्रै लिक्विड अक्सिजन आई पुग्ने राजदुत क्वात्राको आस्वासन

८–१० दिनभित्रै लिक्विड अक्सिजन आई पुग्ने राजदुत क्वात्राको आस्वासन

भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाललाई चाँडै लिक्विड अक्सिजन दिने बताएका छन् । कोरोना संक्रमण र मृत्यु दर वढिरहेका वेला क्वात्राले ८–१० दिनभित्रै भारतका तर्फवाट अक्सिजन दिने वताएका हुन्।

सोमबार एक भर्चुअल कार्यक्रममा बोल्दै राजदूत क्वात्राले संकटमा रहेको नेपाललाई निरन्तर सहयोग गर्ने बताए । कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै भारतले अक्सिजन निर्यातमा रोक लगाएको थियो ।

भारतले नेपाललाई २३ लाख कोरोना विरुद्धको खोप उपलब्ध गराइसकेको वताएका क्वात्राले भने– ‘आगामी ८–१० दिनभित्र लिक्विड अक्सिजनको ट्यांकर पनि नेपाल आइपुग्ने छ।’
 

विशेष