News

भारतकै नियती : अक्सिजन अभावमा कोरोना संक्रमित दुई शिक्षकको मृत्यु

भारतकै नियती : अक्सिजन अभावमा कोरोना संक्रमित दुई शिक्षकको मृत्यु

अक्सिजन अभावका कारण कोरोना संक्रमितले ज्यान गुमाउनु पर्ने समस्या नेपालमा पनि देखिएको छ । कञ्चनपुरको महाकाली अस्पतालमा एकैदिन दुई शिक्षकले अकिसजन अभावका कारण ज्यान गुमाउनु परेको छ ।

दोधाराचाँदनी नगरपालिका ७ बाबाथान लक्ष्मी माविका प्रध्यानाध्यापक शिक्षक लोकराज भट्ट र भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित भृकुटी माविकी शिक्षिका मञ्जु केसीको यसरी मृत्यु भएको हो । 

भट्ट बिरामी भएपछि दुई दिनअघि मात्रै अस्पतालमा भर्ना भएका थिए । सामान्य रुघाखोकी लागेर श्वासप्रश्वासमा समस्या भएपछि उनी उपचारका लागि बिहीबार महाकाली अस्पताल गएको जनाईएको छ ।

परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको र अक्सिजनको आवश्यक्ता पर्दा आईसियू बेड अभावका कारण डडेल्धुरा उपक्षेत्रीय अस्पताल लैजादै गर्दा अक्सिजन नपाएर उनको मृत्यु भएको एक शिक्षकले वताए ।

यसैगरी तीन दिनअघि बिरामी भएकी भुकुटी माविकी शिक्षिकका पनि अक्जिसन र उचित उपचार अभावमा मृत्यु भएको छ ।

स्थानीयका अनुसार महाकाली अस्पतालमा उपचाररत संक्रमितको धमाधम ज्यान गरहेको छ । लगातार दुई दिनमा एक महिला सहित ८ जनाको मुत्यु भएको महाकाली अस्पतालले जनाएको छ । 

विशेष