News

कोरोनाका कारण विराटनगरमा एक प्रहरी हवल्दचारसहित तीन जनाको मृत्यु

कोरोनाका कारण विराटनगरमा एक प्रहरी हवल्दचारसहित तीन जनाको मृत्यु

मोरङ्गको विरटनगरमा एक प्रहरी हवल्दारसहित तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नोबेल अस्पतालमा उपचाररत विराटनगर महानगरपालिकाका नगर प्रहरी हवल्दारसहित तीन जना कोरोना संक्रमितको शनिबार मृत्यु भएको हो ।

विराटनगर ३ घर भएका ५७ वर्षीय हवल्दारको शनिबार बिहान मृत्यु भएको हो । वैशाख १५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार नोबेल अस्पतालमा भर्ना भएका उनको हृदयघातसमेत भएर मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी, सप्तरीको राजविराज ९ घर भएका ४५ वर्षीय संक्रमित पुरुषको र महोत्तरी गाउँपालिका–६ का ३५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जनाईएको छ ।

संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था गम्भीर भएपछि शुक्रबार उपचारका लागि अस्पताल भर्ना गरिएको उनले बताए ।

राजविराजका ४५ वर्षीय संक्रमित मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी रहेको जनाईएको छ । 
 

विशेष