News

दासढुंगा घटनाको छानविन गरी यथार्थ पत्ता लगाउन माधव नेपालको माग

दासढुंगा घटनाको छानविन गरी यथार्थ पत्ता लगाउन माधव नेपालको माग

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले दासढुंगा घटनाको छानविन गरी यथार्थ पत्ता लगाउन माग गरेका छन् ।

०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मदन–आश्रित मारिएका थिए ।

नेता नेपालले एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा एक विज्ञप्ति जारी गरेर घटनाको छानबिन गर्न माग गरेका हुन्।

रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आउन नसकेको भन्दै उनले चिन्ता ब्यक्त गरेका छन् ।
 

विशेष