News

भारतले वनायो कोरोना विरुद्ध खाने औषधी, केहि दिनमै अस्पतालमा

भारतले वनायो कोरोना विरुद्ध खाने औषधी, केहि दिनमै अस्पतालमा

भारतले कोरोना भाइरस संक्रमणविरुद्ध खाने औषधि वनाएको छ । भारतीय रक्षा अनुसन्धान एवं विकास संगठन (डीआरडीओ) ले औषधिको विकास गरेको हो ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनले टु–डिजी नामको कोरोना विरुद्धको खाने औषधि सोमवार औपचारिक शुरुवात गरेका छन् । औषधिको प्रयोगले कोरोना संक्रमितलाई अक्सिजनमाथिको निर्भरता कम गर्ने र संक्रमित चाँडै निको हुने जनाईएको छ।

अवका केहि दिनमै भारतका अस्पतालहरुमा कोरोना विरुद्धको खाने औषधी उपलब्ध हुने छ। भारतको औषधि महानियन्त्रकले केही दिन अघि मात्रै आपत्कालिन प्रयोगको लागि उक्त औषधीलाई अनुमति दिएको थियो । 

गत वर्ष मे देखि अक्टोबर महिनाकोबीचमा सम्पन्न दोस्रो चरणको क्लिनिकल ट्रायलमा औषधि संक्रमितका लागि सुरक्षित रहेको र निको हुने दरमा पनि महत्वपूर्ण सुधार भएको पाइएको थियो । हैदराबादस्थित डा. रेड्डिज प्रयोगशालामा पहिलो चरणमा १० हजार डोज तयार भएको बताइएको छ ।

दोस्रो चरणको परीक्षण एघार वटा अस्पतालमा भएको थियो । यसमा १ सय १० जना संक्रमित संलग्न गराइएका थिए । त्यसपछि तेस्रो चरणमा दिल्ली, उत्तर प्रदेश, बंगाल, गुजरात, राजस्थान, महाराष्ट्रसहित अन्य राज्यका २७ अस्पतालका २ सय २० संक्रमितलाई समावेश गराइएको थियो ।

विश्वमा अहिलेसम्म कोरोनाको खोपको मात्रै विकास भएको छ । पछिल्लो समय कोरोना संक्रमणबाट भारत सबैभन्दा बढी प्रभावित देश हो । तर त्यहाँ केही दिन यता दैनिक संक्रमित हुनेको संख्या घटिरहेको छ ।

सांकेतिक तस्विर

विशेष